• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

८० वर्षका अमिताभ रातको ११ बजेसम्म पनि ‘केबीसी’को सुटिङ गर्छन्



एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चन हाल ‘कौन बनेगा करोडपति’को १५ औं सिजनको सुटिङमा व्यस्त छन् । मेगास्टारले २० वर्षदेखि लगातार शो होस्ट गर्दै आएका छन् ।

हालै अमिताभका छोरा अभिषेक बच्चनले पनि उनको काम गर्ने शैलीको तारिफ गरेका छन् । वास्तवमा अमिताभले २ दशकभन्दा बढी समयदेखि टेलिभिजन गेम शो कौन बनेगा करोडपति होस्ट गर्दै आएका छन् । ‘बिग बी’का लागि पनि यो शो सधैं विशेष रह्यो ।

ह्युमन्स अफ बम्बेलाई दिएको एक अन्तर्वार्तामा अभिषेकले भने, ‘मेरो बुबा आजकल केबीसीको सुटिङमा व्यस्त हुनुहुन्छ । यो सत्य हो कि ८१ वर्षको उमेरमा पनि उहाँले हप्ताको ६ दिन काम गरिरहनु भएको छ । यो मेरो लागि अचम्मको कुरा हो ।’

अभिषेकले दिनभरि शोको शुटिङ सकेर बुबा अमिताभ ११ बजे घर फर्कने गरेको बताए । अभिषेकका अनुसार अमिताभ आराम लिनुको सट्टा, आफ्नो ब्लग लेख्ने र ट्विटरमा मानिसहरूलाई जवाफ दिन जारी राख्छन् ।