• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

मौसम खराबीले जहाज नउड्दा प्रधानमन्त्री भरतपुरमै रोकिन बाध्य



फाईल फोटो

काठमाडौँ । शुक्रबार भरतपुर पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मौसमको खराबीका कारण चितवनमै रोकिनुभएको छ ।

शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँ सहभागी हुनुभएको थियो ।

उहाँ आज आइतबार बिहान ७:३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौँ फर्कने तयारी थियो तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरले जनाएको छ ।

मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको बताइएको छ । भरतपुरमा अहिले पनि झरी परिरहेको छ।

प्रधानमन्त्री प्रचण्ड पारिवारिक भेटघाटका लागि भरतपुर जानुभएको थियो । उहाँ शिवनगरस्थित निवासमा बस्नुभएको थियो ।