२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म मन्त्रीबाट फिर्ता हुन तयार छु: सुदन किराती



फाईल फोटो
अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमतलाई सरकारमा प्रवेश गराएर किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेपछि किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले अध्यक्ष प्रचण्डलाई परेको बाध्यतामा आफू सहयोग गर्न तयार रहेको बताए । ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनले भने, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो शर्त होइन । अध्यक्ष कमरेडलाई बाध्यता छ हामी उहाँलाई सहयोग गर्न तयार छौं ।’

असार अन्तिम साता सत्तागठबन्धनबिच जनमतलाई माओवादीको कोटामा सरकारमा ल्याउने सहमति भएको थियो । सोहिअनुरुप जनमतले पर्यटनमन्त्रालयमा दाबी गरेको बताईएको छ ।