२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि२० आई: वेस्ट इन्डिजमाथि भारतको सहज जित, निर्णायक खेल आज



अ+ अ-

एजेन्सी । भारतले चौथो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ । ओपनर यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङमा भारतले वेस्ट इन्डिजलाई ९ विकेटले हराउदै शानदा। जित हात पारेको हो । यससँगै पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ ।

जितको लागि वेस्ट इन्डिजले दिएको १ सय ७९ रनको मध्यम विजयी लक्ष्य भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा यशस्वी जैसवाल ८४ रनमा नटआउट रहे । उनले ५१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

अर्का ओपनर शुभमन गिलले पनि अर्धशतकीय ईनिङ खेले । उनले ४७ बलमा ३ चौका र ५ छक्कासहित ७७ रन बनाए । पहिलो विकेटका लागि गिल र जैसवालले १ सय ६५ रनको साझेदारी गरेका थिए ।

भारतीय टि२० आईमा ओपनरले गरेको यो साझेदारी हालसम्म कै उच्च हो । २०१७ मा श्रीलंकाविरुद्ध रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय ६५ रनको साझेदारी गरेका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ७८ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि शिम्रन हेटमायरले सर्वाधिक ६१ रनको योगदान दिएका थिए ।

यस्तै, शाई होपले ४५ रन जोड्दा वेस्ट इन्डिजका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर कायल मेयर्स १७, बे्रन्डन किंग १८, कप्तान रोभम्यान पावेल १, रोमारियो शेफर्ड ६, ओडियन स्मिथ १५ र अकिल हुसैनले ५ रन बनाएर आउट भए ।

भारतको लागि स्पिनर कुलदीप यादबले २ विकेट लिए । युजभेन्द्र चाहल, मुकेश कुमार र अक्षर पटेलले समान एक एक विकेट लिए ।

सिरीजको पाँचौं तथा निर्णायक खेल आज राती हुनेछ ।