• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

म्यानमारमा भीषण वर्षापछिको बाढी: ४५ हजार बढी मानिस बिस्थापित



एजेन्सी । म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् ।

शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजार भन्दा बढी मानिसिहरु बिस्थापित भएका हुन् ।

सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओले हालसम्म सोम राज्यका तीन र राखिन राज्यका दुई जना गरी पाँच जनाको मृत्यु भएको बताउनु भयो । मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् ।

विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १०९ वटा आश्रयस्थल स्थापना गरेको छ । अधिकांश आश्रयस्थलहरू मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको उहाँको भनाइ छ । राखिन राज्यले बाढी र बढ्दो नदीको सतहका कारण २ हजार १४६ घरपरिवारबाट १० हजार भन्दा बढी मानिसहरूलाई आश्रयस्थलमा पुर्‍याएको बताइएको छ । साथै सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरुको सम्बन्ध बिच्छेद भएको बताइएको छ ।

त्यस्तै लगातारको भारी वर्षाका कारण बाढी आएपछि बागो क्षेत्रमा २ हजार ९७३ घरपरिवारका १२ हजार ४ सय ६१ जना आश्रयस्थलमा सर्न बाध्य भएका छन् । मौसम विज्ञान तथा जलविज्ञान विभागका निर्देशक यु ह्ला तुनका अनुसार अहिले भइरहेको भीषण वर्षाका कारण नदीको सतह बढेको हो ।

म्यानमारको मौसम एजेन्सीले शुक्रवार जारी गरेको अगस्टको १० दिने पछिल्लो पूर्वानुमान अनुसार अगस्ट ११ देखि २० सम्म देशका विभिन्न भागमा अय्यरवाडी नदी र चिन्दविन नदी लगायतका नदीको बहाव बढ्ने अनुमान गरिएको छ ।