१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदहरुको घोषणा: संसद् अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद् अवरुद्ध भएको समयको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेले शुक्रबार सभामुख देवराज घिमिरेलाई संसद् अधिवेशन नियमित गर्न आवश्यक पहल लिन आग्रह गर्दै राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयमा कुनै पनि सेवा सुविधा नलिने जानकारी गराउनुभयो ।

‘हालसम्म हामीले पाएको भए त्यसको मिलान गरिदिने व्यवस्थाका लागि हार्दिक अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।