४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा कैदी मृत्यु प्रकरण: सीसीटीभीमा कैदीलाई कुटपिट गरेको देखिएपछि १० जना प्रहरी नियन्त्रणमा



अ+ अ-

खाँदबारी । जिल्ला कारागार संखुवासभामा बुधबार बिहान दुई कैदीबन्दीको मृत्यु भएको थियो । उनीहरुको मृत्युमा १० जना प्रहरी अनुसन्धानमा तानिएका छन् ।

कारागारबाट भाग्न लागेको अवस्था नियन्त्रणमा लिइएका भनिएका दुई कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ ।

जिल्ला कारागारमा रहेको सीसी टीभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको छ । कारागारभित्रै कैदीमाथि लाठ्ठी र मुक्काले बारम्बार हानेको सीसी क्यामेरा फुटेजमा देखिएको प्रहरी स्रोतले बतायो ।

घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलले जानकारी दिए । कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।

मादी नगरपालिका–५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका–७ नुवाकोटका २८ वर्षीय आकाश बलामी कारागारमा अचेत भेटिएका थिए । उनीहरूलाई बिहान ६ बजे जिल्ला अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

उनीहरू राति २ बजे कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर पुन: कारागार प्रशासनको जिम्मा लगाएको थियो ।

घटना शंकास्पद् रहेकाले यसबारे छानबिन समिति गठन भएर अनुसन्धान भइरहेको छ ।