४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव: ‘पोखराको सुन्दरताको आनन्द लियौँ’

दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव: ‘पोखराको सुन्दरताको आनन्द लियौँ’
अ+ अ-

पोखरा । “जतिजति आकाशको उचाइमा पुग्थेँ, हिमालको सिरसिर हावाको स्पर्श, नजिकैबाट स्वतन्त्र उडिरहेका चरा, हरियाली डाँडाकाँडा अनि पोखराको सुन्दरता आँखाबाहेकका सबै इन्द्रीयले सक्रियरुपमा अनुभूति गरिरहेँ”, ब्लाइण्ड रक्स नामक संस्थामार्फत साउन १५ गते पोखराको आकाशमा उडान गर्नुभएकी नारायणी दवाडीले प्याराग्लाइडिङको अनुभव सुनाउँदै भन्नुभयो, “हामीले देख्ने, भोग्ने र अनुभूति गर्ने संसार नै बेग्लै छ । प्याराग्लाइडिङ उडानको अनुभवले जीवनको उचाइमा पुर्‍याएको महसुस भयो, आत्मविश्वास बढ्यो ।”

जन्मँदै दृष्टिविहीन उहाँ हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरका रुपमा कार्यरत हुनुहुन्छ । यसअघि पनि उहाँसँग वालक्लाइमिङ गरेको अनुभव छ । “प्याराग्लाइडिङ पाइलटले उचाइकाबारे जानकारी गराउँदै, चराहरु उडिरहेको, डाँडाकाँडाको हरियालीसँगै बहेको हावाको स्पर्श, प्राकृतिक सुन्दरता, हिमाललाई बादलले छोपेको सबै दृश्यको वर्णनका आधारमा त्यही दृश्यको कल्पनामा आफूलाई समाहित गर्दा बेग्लै आनन्द आयो”, दवाडीले भन्नुभयो । उहाँले मान्द्रेढुङ्गामा पोखराका प्रमुख धनराज आचार्य र वडा नं २४ का जनप्रतिनिधिको उपस्थितिले पनि उडानका लागि आफूहरुलाई थप हौसला मिलेको बताउनुभयो ।

ब्लाइन्ड रक्सका संस्थापक अध्यक्ष सृष्टि केसीले उडानको अनुभव सुनाउँदै भन्नुभयो, “जीवनमा उचाइ र सफलतमा पुग्नका लागि दृष्टिविहीनताले छेक्दैन, आकाशमा स्वतन्त्ररुपमा उडेर, बादल चुमिरहेको पलले निकै आनन्ददायक ऊर्जा थपिरहेको थियो”, केसीले भन्नुभयो, “कुनै अनुभव गर्नका लागि आँखाको ज्योतिको आवश्यकता हुँदैन, हामीले आँखा नदेखे पनि अरु हाम्रा इन्द्रीयले काम गरिरहेका थिए ।” उहाँले पाइलट भनिरहेका दृश्यलाई कल्पनाको रङले कोरेर बादलुको घुम्टोले छेकेको हिमाल देखिरहेको र हिमालको शीतलताले आफूलाई मन्दमन्द स्पर्श गरिरहेको अनुभव सुनाउनुभयो ।

केसीले जीवनलाई हेर्ने बुझ्ने मानक आँखालाई मात्र बनाउन नहुने बताउनुभयो । दृष्टिविहीन हर कुनै क्षेत्रमा सफल हुन सक्छन् र हर कुनै कार्य गर्न सक्छन् भन्ने सन्देश यस उडान दिएको उहाँको भनाइ थियो ।

केसीका अनुसार ब्लाइण्ड रक्सले कला र सिर्जनासँगै साहसिक गतिविधिमार्फत दृष्टिविहीन अपाङ्गता भएकाहरुको सशक्तीकरणमा काम गर्दै आएको छ । संस्थाले एडभेन्चर बालक्लाइमिङ, रक क्लाइमिङ, रिभर र्‍याफ्टिङ गरिसकेको र यसपटक पोखरामा प्याराग्लाइडिङ गरेको उहाँले जानकारी दिनुभयो ।

दृष्टिविहीन महिलालाई सीमित क्षेत्रमा मात्र कैद गर्ने भएकाले पनि महिलालाई बढी प्राथमिकतामा राख्ने गरेको केसीको भनाइ थियो । उहाँले प्याराग्लाइडिङमा नौ दृष्टिविहीन महिला, दुई विदेशी दृष्टिविहीन पुरुषसँगै र तीन दृष्टियुक्त गरी १२ जनाले उडान गरेको जानकारी दिनुभयो ।

संस्थाका व्यवस्थापक ओसिम अन्सारीले जीवनका हरेक सुन्दर र साहसिक गतिविधिको आनन्द लिन दृष्टिविहीन भएकै कारण अवसर गुमाउनु नपरोस् भन्ने उद्देश्यले संस्थाले कला र साहसिक गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो । “धेरैलाई लाग्न सक्छ आँखा नदेख्नेहरु रमाउन सक्दैनन्, साहसिक गतिविधि गर्न सक्दैनन् तर उहाँहरु उदाहरणीय हुनुहुन्छ”, उहाँले भन्नुभयो, “हर कुनै कार्य गर्न सवल र सक्षम हुनुहुन्छ ।”

पछिल्लो समय निकै उत्साहका साथ प्याराग्लाइडिङ गरेर उहाँहरुले आफ्नो साहस र क्षमता सफलतापूर्वक प्रदर्शन गरेको उहाँको भनाइ थियो । अन्सारीले प्रत्येक दुई/तीन महिनामा प्याकेज बनाएर प्याराग्लाइडिङलगायत साहसिक कार्यक्रम गर्दै उनीहरुको सशक्तीकरणमा जोड दिँदै आएको बताउनुभयो ।

व्यावसायिक प्याराग्लाइडिङ उडानको आठवर्षे अनुभव बटुल्नुभएका प्यारापाइलट रोशन गौतमले पहिलोपल्ट दृष्टिविहीनको समूहलाई उडान गराउँदा निकै आनन्द लागेको बताउनुभयो । “मेरो बुझाइमा आँखा देख्नेले जे देखे त्यसैमा रमाउँथे तर दृष्टिविहीन भित्री आँखाबाट अझ बढी आनन्द लिएको मैले पाएँ”, उहाँले भन्नुभयो, “उडानका क्रममा उहाँहरुले भनिरहनुभएको थियो ‘आइ बान्ट टु फ्लाइ इन द क्लाउड’ ९म बादलमा उड्न चाहान्छु० हिमालको नजिकबाट छोएको अनुभूति गर्न चाहान्छु । म पनि उहाँहरुको अनुभूतिसँगै उडान गरेको महसुस गरिहेको थिएँ । वास्तवमा मैले पनि बेग्लै आनन्द लिएको थिएँ ।”

गौतमले उडानको व्यवस्थापकीय जिम्मेवारी पनि आफूले गर्ने अवसर मिलेको बताउँदै १९ सय ५० मिटरको उचाइसम्म उडान भरेको जानकारी दिनुभयो । “हामी उचाइमा पुगिरहेका थियौँ, वर्षायामको समय हिमाल पूरा खुल्न पाएको थिएन तर बादलभित्रबाट उहाँहरुले हिमाल नियालिरहनुभएको थियो”, उहाँले भन्नुभयो, “उहाँहरुको मुखबाट निस्किएका बाउ १ भन्ने शब्द र हाउभाउले पनि आनन्द दिइरहेको थियो । उहाँहरुलाई सम्झन लायक उडान गराउन सफल भएको अनुभूति भइरहेको गौतमले बताउनुभयो ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराइले दृष्टिविहीनहरुको प्याराग्लाइडिङ उडानले सकारात्मक सन्देशसँगै आफू पनि प्रभावित भएको बताउनुभयो । “बाहिरी आँखाभन्दा शक्तिशाली त भित्री आँखा हुँदोरहेछ”, उहाँले भन्नुभयो, “उडानपछिको उहाँहरुको अनुभव सुनेर निकै आनन्द लाग्यो । उहाँहरुको ऊर्जा साहस र आत्मविश्वासबाट म निकै प्रभावित भएको छुँ ।”

भट्टराईले पोखरा महानगरनरपालिकासँगको समन्वयमा उहाँहरुको टिमलाई पोखरा–२४ मान्द्रढुङ्गाबाट प्याराग्लाइडिङ गराइएको जानकारी दिनुभयो । रासस