• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ बाट अभियन्ता सरस्वती नेपाली सम्मानित



काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको “ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड” नेपालकी सरस्वती नेपाली समेत विश्वका छ जनालाई प्रदान गरेको छ ।

उक्त अवार्ड वासिङटन डिसीमा आयोजित एक कार्यक्रममा अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिन्केनले प्रदान गर्नु भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोससरस्वती नेपालीलाई जातीय विभेद विरोधी अवार्ड प्रदान गर्ने अमेरिकी घोषणा

सीमान्तकृत समुदायको मानव अधिकारका क्षेत्रमा नागरिक समाजका तर्फबाट विशिष्ट योगदान गरेको मन्त्रालयको भनाई छ ।

नेपालबाट पुरस्कृत हुने सरस्वती नेपाली दलित समाज विकास मंचकी अध्यक्ष हुनुहुन्छ । उहाँ दलित समेतका सीमान्तकृत समुदाय, अशक्त तथा गरिबीको चपेटामा रहेका व्यक्ति र समुदायको मानव अधिकारका लागि निरन्तर संघर्षशील रहनु भएको छ ।

सुदूरपश्चिममा जन्मनु भएकी सरस्वती नेपालीले दलित समुदायको सामाजिक न्यायको आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व र सहभागिता जनाउनुका साथै उनीहरुका लागि जमिनको अधिकार दिलाउन, शिक्षामा पहुँच तुल्याउने तथा अदालतबाट न्यायमा समान हासिल गराउन महत्वपूर्ण योगदान गर्नु भएको छ ।

यो पुरस्कारबाट कारी कुजाजारा (ब्राजिल), ओस्वाल्डो बिल्बाओ लोबाटोन (पेरू), रानी यान यान (बंगलादेश), साडिया मोस्बाह (ट्युनिसिया) र भिक्टोरिया लुका (मोल्दोभा) पनि पुरस्कृत हुनु भएको छ ।