२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको पञ्जाब पुगेकी १६ वर्षीया किशोरीको उद्धार



अ+ अ-

कृष्णनगर । भारतको पञ्जाबबाट १६ वर्षीया एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मङ्गलबार उद्धार गरी नेपाल ल्याइएको छ ।

भारतमा रहेको अखिल भारत नेपाली एकता मञ्चकी मोनिका बरालको सहयोगमा भारत पञ्जाबको लुधियानामा अलपत्र परेको अवस्थामा उनलाई उद्धार गरिएको शान्ति पुन:स्थापना गृह कपिलवस्तुले जनाएको छ ।

किशोरीलाई घर परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ । गृहका केन्द्रीय समितिका संयोजक भट्टराईका अनुसार ती किशोरी २०७९ मङ्सिरमा घरबाट हराएकी थिइन । गत जेठ ३१ गते घर परिवारको सम्पर्कमा आएको शान्ति पुन:स्थापना गृहका केन्द्रीय समितिका संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।

उद्धार गरिएकी किशोरीलाई शान्ति पुन:स्थापना गृहमा सुरक्षितरूपमा राखिएको कृष्णनगरकी संयोजक वसन्ती जिसीले बताउनुभयो । रोजगारीको प्रलोभनमा परेर पञ्जाब पुगेकी उनको उद्धार गरिएको जिसीको भनाइ छ । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले किशोरीलाई घर फर्काउन आग्रह गरेको थियो ।

आफ्नो अथक प्रयास र प्रहरी प्रशासनलगायतको समन्वयमा राधिकालाई नेपाल फर्काउन सफल भएको संयोजक भूमि भट्टराईले बताउनुभयो । रासस