५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

सडकमा भेला भएर जनमत पार्टीले जनजातिको मागप्रति ऐक्यवद्धता जनायो

सडकमा भेला भएर जनमत पार्टीले जनजातिको मागप्रति ऐक्यवद्धता जनायो
अ+ अ-

काठमाडौँ । डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरुको मागप्रति ऐक्यवद्धता जनाएको छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार दिउँसो सो पार्टीका नेताहरुले काठमाडांैको माईतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यवद्धता जनाएका हुन् ।

आफनो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यवद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताउनु भयो ।

उहाँले सञ्चारकर्मीमाझ भन्नुभयो, ‘आज २९ औं आदिवासी जनजाति दिवसको दिनमा हामी माईतीघर मण्डलामा जनमत पार्टीको तर्फबाट हामी ऐक्यवद्धता जनाउन हामी यहाँसम्म आइपुगेका छौं । खास गरेर जनमत पार्टीको जहाँसम्म सवाल छ । सुरुदेखिनै हाम्रो एजेण्डा चाहीँ आदिवासी, जनजाति, मधेसी समुदाय र पीछडिएका र जुन अधिकारबाट बञ्चित समूदायहरु छन ।’

‘उनीहरुको हकहितको लागि लडने पार्टी भएकाले हुनाले आज एउता सानो कार्यक्रमको रुपमा भएपनि हामी यहाँ आइपुगेका छौं । अव जुन अधिकारको लडाई छ–आदिवासी, जनजातिको । केही मागहरु पूरा भइसकेको छ । र, केही मागहरु पूरा हुने अवस्थामा छ । अहिले तत्कालका लागि संविधानमा जुन आदिवासीको वर्गीकरण भएको छ । त्यसैलाई नै मानेर, त्यसैलाई अघि बढाउने काम गरेको छ ।’

कार्यक्रममा जनमत पार्टीका नेताहरुले संविधानमा उल्लेख गरिएका आदिवासीहरुको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरुको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गर्नुभयो । रासस