३० असार २०८२, सोमबार
,
Latest
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु संघीय मन्त्रालयले गर्‍यो ११ उपसचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित) मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर विद्यालय अध्यक्षमाथिको दुर्व्यवहार प्रकरणमा राजनीतिक संलग्नता: तीन अभियुक्त पक्राउ अमेरिकी भन्सार नीतिले युरोप–अमेरिका व्यापार वार्तामा बाधा माडीमा रेबिजको सङ्क्रमण बढ्दो बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न न्यायिक समिति गठन पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा भेला भएर जनमत पार्टीले जनजातिको मागप्रति ऐक्यवद्धता जनायो



अ+ अ-

काठमाडौँ । डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरुको मागप्रति ऐक्यवद्धता जनाएको छ ।

विश्व आदिवासी दिवसको अवसर पारेर बुधवार दिउँसो सो पार्टीका नेताहरुले काठमाडांैको माईतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यवद्धता जनाएका हुन् ।

आफनो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यवद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताउनु भयो ।

उहाँले सञ्चारकर्मीमाझ भन्नुभयो, ‘आज २९ औं आदिवासी जनजाति दिवसको दिनमा हामी माईतीघर मण्डलामा जनमत पार्टीको तर्फबाट हामी ऐक्यवद्धता जनाउन हामी यहाँसम्म आइपुगेका छौं । खास गरेर जनमत पार्टीको जहाँसम्म सवाल छ । सुरुदेखिनै हाम्रो एजेण्डा चाहीँ आदिवासी, जनजाति, मधेसी समुदाय र पीछडिएका र जुन अधिकारबाट बञ्चित समूदायहरु छन ।’

‘उनीहरुको हकहितको लागि लडने पार्टी भएकाले हुनाले आज एउता सानो कार्यक्रमको रुपमा भएपनि हामी यहाँ आइपुगेका छौं । अव जुन अधिकारको लडाई छ–आदिवासी, जनजातिको । केही मागहरु पूरा भइसकेको छ । र, केही मागहरु पूरा हुने अवस्थामा छ । अहिले तत्कालका लागि संविधानमा जुन आदिवासीको वर्गीकरण भएको छ । त्यसैलाई नै मानेर, त्यसैलाई अघि बढाउने काम गरेको छ ।’

कार्यक्रममा जनमत पार्टीका नेताहरुले संविधानमा उल्लेख गरिएका आदिवासीहरुको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरुको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गर्नुभयो । रासस