३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीमा डुंगा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु



अ+ अ-

इटालीको लाम्पेडुसा टापुमा भएको जहाज दुर्घटनामा ४१ आप्रवासीको मृत्यु भएको छ।

दुर्घटनामा बचेका चार व्यक्तिको समूहले ट्युनिसियाको स्फ्याक्सबाट हिँडेको उनीहरुको डुङ्गा इटाली जाने बाटोमा डुबेको उद्धारकर्ताहरुलाई बताए ।

बीबीसीका अनुसार चार बाँचेकाहरू बुधबार लाम्पेडुसा आइपुगेका छन् । उनीहरु मूलरूपमा आइभरी कोस्ट र गिनीका बासिन्दा रहेका छन् ।

यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक हजार ८०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।

ट्युनिसियाका अधिकारीहरूका अनुसार लाम्पेडुसाबाट ८० माइल (१३० किलोमिटर) टाढा रहेको बन्दरगाह सहर स्फ्याक्स युरोपमा सुरक्षा र राम्रो जीवन खोज्ने आप्रवासीहरूका लागि लोकप्रिय प्रवेशद्वार हो।

हालैका दिनहरूमा इटालियन गस्ती डुङ्गा र परोपकारी समूहहरूले लाम्पेडुसा पुगेका थप दुई हजार मानिसलाई उद्धार गरेका छन्।