• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



file photo

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले) का सांसदहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित भएको छ ।

बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्य थापालाई बोल्न दिएपछि सत्तारुढ सांसदहरुले विरोध जनाएका थिए ।

सांसद थापाले साउन २ गते अवैध सुन बरामद प्रकरणको आज २२ दिन पुग्दा पनि सरकारले अहिलेसम्म उच्चस्तरीय छानबिन समिति गठन गर्न नसकेको भन्दै समिति गठन नभएसम्म सदन चल्न नसक्ने जानकारी गराउनुभयो ।

सभामुख घिमिरेले थापालाई समय सकियो भनेपछि एमाले सांसदहरुले वेलमा आएर नाराबाजी गरेका थिए । सभामुख घिमिरेले मुलुक र जनताको समस्या सम्बोधन गर्ने थलो संसद्को कार्यसूची अगाडि बढाउन बारम्बार आग्रह गर्दा पनि एमाले सांसदहरुले नाराबाजी गरिरहेपछि आजको बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते दिनको १ बजे बस्नेछ ।