५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीनाला अतिक्रमणमा परे, साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे



अ+ अ-

काठमाडौं । मंगलबार बिहानैदेखि राजधानीका नदी किनारका दर्जनौं स्थानमा बाढी पस्यो। बागमती, विष्णुमती, धोबीखोला, हनुमन्ते, मनहरालगायतका नदीमा पानीको सतहले खतराको स्तर पार गर्‍यो। करिडोरका सडक, बस्ती, सर्वसाधारणका घर डुबानमा परे।

देशकै राजधानी बर्सेनि बाढी र डुबानको समस्या बेहोर्न बाध्य छ। किन त ? विज्ञको जवाफ छ, ‘नदी, खोला अतिक्रमणमा परे। साँघुरिँदै गएपछि निकास खोज्दै सहर पसे।’

जल तथा मौसम विज्ञान विभागका अनुसार पनि पछिल्लो २४ घण्टामा राजधानीमा परेको पानी ‘धेरै’ होइन। विभागका अनुसार मंगलबार बिहान ८ बजेसम्म ६४ दशमलव ३ मिलिमिटर (मिमि) मात्रै वर्षा भएको हो। तर, बाढी तथा डुबानको पछाडि जलाधार क्षेत्र दोहन तथा अतिक्रमण नै मुख्य कारण बनेको विज्ञहरूको तर्क छ। उक्त मात्राको पानी विगतमा पनि पर्ने गरेको भए पनि यसपालि अति नै भएको हो।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरेश मरहठ्ठाका अनुसार विभागले ६४.३ मिमि भनेको भएता पनि औसतमा ८० मिमि पानी परेको छ। जसकारण प्राय: नदीमा पानीको ‘ओभरफ्लो’ भएको छ। उनले भने ‘पानी पर्ने अवधि र बाढी निकास हुने अवधिबराबर जस्तै भयो। त्यसैले गर्दा एकचोटी ठूलो बाढी देखियो।’ मंगलबारको बाढीलाई मरहठ्ठाले ‘सामान्य’ भनेका छन्।

नदीहरू अतिक्रमणमा परेका छन्। खोलाहरू साबिकको भन्दा आधामा खुम्चिएका छन्। भूउपयोग फेरिएको छ। खुला जमिन ढलान भएका छन्, पानी सोस्ने ठाउँ छैन। ढलानबाट पानी बगेरै जान्छ।

काठमाडौं उपत्यकाको हकमा बाघद्वार उद्गम बिन्दु भएको बागमतीको पानी चोभारसम्म पुग्ने अवधिलाई ‘टाइम अफ कन्सन्टे«सन’ भनिन्छ। यो अवधिभर वर्षा भएमा नदीमा पानीको मात्रा अत्यधिक हुन्छ। सबैतिरको पानी एकैपल्ट नदीमा पुग्दा जलस्तर बढ्छ। त्यस्तो अवस्थामा पानी नदीबाट ओभरफ्लो भएर बस्ती र अन्यत्र जान्छ। मंगलबार पानी पर्ने अवधि ‘टाइम अफ कन्सन्टे«सन’भन्दा लामो रहेको मरहठ्ठाको भनाइ छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।