२० श्रावण २०८३, बुधबार
,
Latest
तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता फ्री भिसा–फ्री टिकट’ १० वर्षदेखि कागजमै सिमितः श्रममन्त्री यादव राहदानी छपाई ठेक्का प्रकरणमा सरकारको नियतमाथि काँग्रेसले उठायो प्रश्न सरकारमाथि काँग्रेसका आरोपै आरोपः भन्यो ‘सरकारले जनविश्वास गुमाउँदैछ’ काँग्रेसको आरोप– मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सिमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र… कानून निर्माण संसदको अविच्छिन्न अधिकार, वाह्य हस्तक्षेप स्वीकार्य छैनः मन्त्री गौतम संसदको क्षेत्राधिकार र सरकारमाथि नियन्त्रण गर्ने अधिकार संसदलाई मात्र छः कानूनमन्त्री गौतम सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महावीर पुनलाई गृहको पत्र– ‘विभुषण लिलामी गरे रद्द गरिनेछ’



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभुषण लिमामीमा राखे ती सबै विभुषणहरु रद्द हुने भनी पत्र पठाएको छ । सो पत्रमा सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित पनि गरिएको छ ।

आज गृह मन्त्रालयले सो पत्र काटेको हो । पत्रमा गृहले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोरा खुलाएको छ र यदि उनले ती विभुषणहरु लिलामीमा राखे भने ती विभुषणहरु रद्द हुने र उनको काम गैरकानुनी हुने भनी सम्झाएको छ । महावीरलाई आज पठाएको पत्रमा सो कुरा खुलाइएको हो ।

मन्त्रालयले सामाजिक सञ्जालबाट उनले आफ्ना ती विभुषणहरु लिलामीमा राख्न लागेको बारेमा जानकारी पाएको र त्यसपछि सो पत्र काटेको उल्लेख छ ।

महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले यसअघि गर्ने भनेर प्रतिवद्धता व्यक्त गरेको सहयोग पनि नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

आज गृह मन्त्रालयले लिलामीमा नराख्न पुनलाई सचेत गराएको हो । ‘विभूषण ऐन, २०६४ को दफा २६ ९१० बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ ।

कानुन बमोजिम कुनै विभूषण रद्ध भएमा विभूषण पाउने व्यक्तिको नाम र रद्ध गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीका लागि सूचना जारी गर्ने व्यवस्था रहेको पत्रमा उल्लेख छ ।

सो पत्रमा भनिएको छ( ‘यहाँजस्तो प्रतिष्ठित र सम्मानित व्यक्तिबाट त्यसप्रकारको कुनै गैरकानुनी कार्य नहुनेमा मन्त्रालय विश्वस्त छ ।’ मन्त्रालयले महावीर पुनलाई उद्धृत गरी सामाजिक सञ्जालमा गरिएको पोष्टको आधिकारिता समेत प्रष्ट पार्न मन्त्रालयले पुनलाई आग्रह गरेको छ ।