२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघियता बारे नकारात्मक टिप्पणी नगरौं: मन्त्री मोदी



फाईल फोटो
अ+ अ-

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भएको छ ।

मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्रि मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले संघियता कमजोर नहुने बताउनु भयो । व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्रि मोदीले बताउनु भयो ।

केहि व्यक्ति र समूह संगठित रुपमा साना साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताउनु भयो । पछिल्लो समयमा केहि राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरुले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको बताउनु भयो । स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरु अहिलेको लागि मार्गदर्शक हुनेहँुदा नकारात्मक टिप्पणी नगर्न आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा संघिय मामिला मन्त्रि मोदीले धेरै ठुलो दबाबको सामना गरेर काम गर्नु परेको बताउनु भयो । काठमाडौँ उपत्यका भित्र वर्षौं देखि बसिरहेका (मन्त्रीको भाषामा अखडा जमाएर बसेका) कर्मचारीहरुलाई उपत्यका बाहिर पठाएको जिकिर गर्नु भयो । काठमाडौँ उपत्यका बाहिर कहिल्यै नगएकाहरु अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको बताउनु भयो । बाहिर गएका कर्मचारीले मन्त्रिलाई दबाब दिन नकारात्मक समाचार पनि लेखाएको बताउनु भयो । मन्त्री मोदीले इतिहासमा कसैले नगरेको काम आफुले गरेको ठोकुवा गर्नु भयो ।

नेपालमा कार्यान्वयनको चरणमा रहेको संघिय शासन व्यवस्था बिस्तारै स्थीर र स्थायित्व हुदैँ बताउनु भयो । यसलाई सबैले मिलेर सहयोग गर्न आग्रह गर्नुभयो। संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएकोले उल्लेख्य केहि ‘नदेखिएको भए पनि केहि नै नभएको भन्न नहुने मन्त्रि मोदीले बताउनु भयो। अहिले धेरै क्षेत्रमा नवीन र उदाहरणीय काम सुरु भएको र संघीयता कार्यान्वयनको अबको दोस्रो चरण पहिलोभन्दा परिवर्तनकारी, अर्थपूर्ण रहने बताउनु भयो । आगामी दिनमा जनमानसमा रहेको संघीयताप्रतिको संशय पनि हट्ने विश्वाश गर्नु भयो ।