२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको कार्यालय च्यासलमा बाढी पस्यो



तस्बिर : विष्णु रिमाल
अ+ अ-

काठमाडौँ । च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ ।

सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मनहरा नदीमा आएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको हो ।

ललितपुरको च्यासलस्थित नदीको बहाव कार्यालय हाताभित्र प्रवेश हुँदा क्षति पुगेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

गएरातिदेखिको भारी बर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश स्थान जलमग्न भएका छन् । बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा बहाव बढेको छ ।