१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा बार्गेनिङ मात्र चल्ने भन्दै आक्रोश पोख्नु भएको छ ।

पटक पटक सुचना टासेर प्रतिनिधि सभाको बैठक नचले पछि लामिछानेले सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्नु भएको हो ।

उहाँले लेख्नुभएको छ-

वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ ! दु;ख द!!