३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लिफ्टमार्फत घरमै पानी आएपछि जैमिनीका स्थानीय दङ्ग

लिफ्टमार्फत घरमै पानी आएपछि जैमिनीका स्थानीय दङ्ग
अ+ अ-

गलकोट । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानी भेडिखर्कका ४६ वर्षीय पुष्पा पुनको आगनमा नयाँ खानेपानी धारा निर्माण भएको एक महिना भयो । यसअघि खानेपानीका लागि निकै कष्ट भोग्दै आउनुभएका पुन अहिले लिफ्टमार्फत गाउँमुनिको पानी घरमै आएपछि दङ्ग हुनुहुन्छ ।

“बर्खामा घर माथिको समुदायिक धारामा दिनको दुई घण्टा पानी आउँथ्यो, हिउँदमा घर नजिकैको कुवामा पानी लिन जानुपर्दथ्यो”, पुनले भन्नुभयो, “एक महिना भयो घरमै खानेपानीको धारा आएको छ, २४ सै घण्टा धारामा पानी खस्दा दैनिकी बद्लिएको छ, अहिले पानीका लागि समय छुट्टाउन पर्दैन ।”

बर्खामा सामुदायिक धारा प्रयोग गरेपनि हिउँदमा कुवाको पानीमा निर्भर रहेका यहाँका स्थानीय अहिले गाउँमुनिको पानी घर–घरमै आउन थालेपछि खुसी भएका छन् । स्रोत अभावका कारण लामो समयदेखि खानेपानीको सङ्कट भोग्दै आएका यहाँका ३९ घरमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा) ले लिफ्टमार्फत खानेपानी पुर्‍याएको हो ।

छ सय ६० मिटर तलको झाँक्रिस्थानको मूलबाट उक्त पानीलाई गाउँमाथि पुर्‍याएर वितरण गरिएको नेवा कार्यक्रमका अधिकृत विनोद कोइरालाले बताउनुभयो । विसं २०७२ सालको भूकम्पपछि यहाँका खानेपानीको मुहान सुकेपछि खानेपानीको समस्या हुँदै आएको थियो । लिफ्टमार्फत घर–घरमै पानी आउन थालेपछि दैनिकी सहज भएको स्थानीयले बताएका छन् ।

बस्ती भन्दा छ सय ६० मिटर तल रहेको मुलको पानी माथिसम्म आउला भनेर कल्पना नै नगरेको स्थानीय मीना पुनले बताउनुभयो । “खानेपानीको निकै दु:ख थियो, एक गाग्री पानीका लागि एक घण्टा समय लाग्थ्यो । कुवामा अबेर गए पानी नभएर फर्कनु पथ्र्यो”, उहाँले भन्नुभयो, “पछि सामुदायिक धारा बनेपनि बर्खामा मात्रै पानी आउँथ्यो ।” हिउँदमा मूल सुकेर पानी आउन छोडेपछि नेवाको सहयोगमा खानेपानीको समस्या समाधान भएको उहाँको भनाइ थियो ।

जिल्लाका १७ स्थानमा नेवाले आयोजना सञ्चालन गरिरहेको भन्दै ‘एक घर एक धारा’ अभियानअन्तर्गत जैमिनी–१० को भेडिर्खकामा लिफ्टमार्फत खानेपानी पुर्‍याइएको कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिआई पाइपमार्फत दुई ठाउँमा मोटर जोडेर बस्तीमा पानी ल्याइएको हो ।

“पानीको स्रोत नभएका स्थानमा मात्रै लिफ्ट आयोजना सञ्चालन गरिएको छ । यो धेरै खर्चिलो प्रविधि भएकाले स्रोत भएका स्थानमा आयोजना सञ्चालन गरेका छैनौँ”, कोइरालाले भन्नुभयो, “भेडिखर्कमा पुराना मूल सुकेर खानेपानीको सङ्कट हुन थालेपछि लिफ्टमार्फत खानेपानी ल्याएका हौँ ।”

उहाँका अनुसार रू ८३ लाख ४६ हजार लागतमा खानेपानी पुर्‍याइएको हो । जैमिनी नगरपालिकाको रू १४ लाख ९८ हजार, नेवाको रू ५९ लाख ९० हजार, रू सात लाख २० हजार बराबरको स्थानीयको श्रमदान र स्थानीय उपभोक्ता समितिको रू एक लाख २४ हजार लागतमा खानेपानी आयोजना सम्पन्न गरिएको कोइरालाले जानकारी दिनुभयो ।

अहिले दैनिक दुई घण्टा लिफ्ट आयोजनाबाट पानी तान्दा ३९ घरमा २४ घण्टै खानेपानी पुगेको खानेपानी आयोजनाका व्यवस्थापनक शेरबहादुर विकले जानकारी दिनुभयो । उहाँले हिँउदको समयमा भने दिनको दुई पटक पानी तान्नुपर्ने बताउनुभयो । रासस