• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी

नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो



काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ ।

विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ मूल्यमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ६० अङ्कले घटेको छ । बैंकिङ समूह २२ दशमलव ३४, विकास बैंक ९७ दशमलव ५१, वित्त ६२ दशमलव २७, होटल तथा पर्यटन दुई सय एक दशमलव ३८ र जलविद्युत् समूह ४४ दशमलव ४९ अङ्कले घटेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ८७, उत्पादन तथा प्रशोधन ८४ दशमलव ०१, लघुवित्त ६१ दशमलव ८२, म्युचुअल फन्ड शून्य दशमलव १५ व्यापार ६८ दशमलव २७ र अन्य समूह १७ दशमलव ०७ अङ्कले घटेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको रू १२ करोड ६९ लाख ८२ हजार तीन सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको चार लाख ४९ हजार सात सय ६१ कित्ता शेयर किनबेच भएको छ । रासस