६ श्रावण २०८३, बुधबार
,
Latest
कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्काई वाक सञ्चालनको एक महिना: भ्रमण गर्ने आगन्तुकबाट पाएको साथ उत्साहपूर्ण भएको अनुभव



अ+ अ-

काठमाडौँ । वन्डर्स नेपाल प्रालिले स्काई वाकमा स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थितिले आफूहरु उत्साही भएको जनाएको छ ।

प्रालीले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’ का लागि सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरी औपचारीक रुपमा संञ्चालनमा आएको एक महिनाको समिक्षा सहितको एक बिज्ञप्ति जारी गर्दे यो परियोजना बाट आफूहरु उत्साहीत भएको जनाएको छ । प्रालिले यसको निर्माणको लागि योजना अनुमति, उचाई अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्र लगायतका सरकारी मापदण्ड पूरा गरेर संञ्चालनमा ल्याएको समेत स्पष्ट पारेको छ ।

बिज्ञप्तिमा भनिएको छ ‘नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरुबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरु जस्तै स् श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरु समेतलाई पूर्ण रुपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौं र आगामी दिनहरुमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरुलाई पूर्ण रुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं ।  हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानुन बमोजिम कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ ।’

प्रालिले स्काई वाक भ्रमण गर्ने आगन्तुक, यस व्यवसायलाई सञ्चालनमा ल्याउन सहयोग गर्ने कम्पनीका शेयरधनी तथा कर्मचारीहरु, नेपाल सरकार, काठमाडौं महानगरपालिकासहित मातहतका निकाय तथा स्थानीयहरूलाई सञ्चालक कम्पनीले धन्यवादसमेत दिएको छ ।