• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान ★   पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध ★   सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी हुने ★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ

स्काई वाक सञ्चालनको एक महिना: भ्रमण गर्ने आगन्तुकबाट पाएको साथ उत्साहपूर्ण भएको अनुभव



काठमाडौँ । वन्डर्स नेपाल प्रालिले स्काई वाकमा स्वदेशी र विदेशी पर्यटकहरूको उल्लेख्य उपस्थितिले आफूहरु उत्साही भएको जनाएको छ ।

प्रालीले काठमाडौंको कमलादीमा सञ्चालनमा ल्याएको ‘स्काई वाक’ का लागि सबै कानुनी मापदण्ड र प्रक्रिया पूरा गरी औपचारीक रुपमा संञ्चालनमा आएको एक महिनाको समिक्षा सहितको एक बिज्ञप्ति जारी गर्दे यो परियोजना बाट आफूहरु उत्साहीत भएको जनाएको छ । प्रालिले यसको निर्माणको लागि योजना अनुमति, उचाई अनुमति, नक्सा पास, निर्माण अनुमति तथा भवन निर्माण सम्पन्न प्रमाणपत्र, वातावरणीय प्रभाव मूल्यांकन अनुमति र सञ्चालन इजाजतपत्र लगायतका सरकारी मापदण्ड पूरा गरेर संञ्चालनमा ल्याएको समेत स्पष्ट पारेको छ ।

बिज्ञप्तिमा भनिएको छ ‘नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरुबाट पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रियाहरु जस्तै स् श्रम, सुरक्षा, पार्किङ र हाम्रो समाजमा स्थापित आधारभूत मान्यताहरु समेतलाई पूर्ण रुपमा आत्मसाथ गर्दै हामीले हाम्रो व्यवसाय सञ्चालनमा ल्याएका हौं र आगामी दिनहरुमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरुलाई पूर्ण रुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं ।  हामीले व्यवसाय सञ्चालनमा ल्याएर त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानुन बमोजिम कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा हामीलाई गौरव लागेको छ ।’

प्रालिले स्काई वाक भ्रमण गर्ने आगन्तुक, यस व्यवसायलाई सञ्चालनमा ल्याउन सहयोग गर्ने कम्पनीका शेयरधनी तथा कर्मचारीहरु, नेपाल सरकार, काठमाडौं महानगरपालिकासहित मातहतका निकाय तथा स्थानीयहरूलाई सञ्चालक कम्पनीले धन्यवादसमेत दिएको छ ।