२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

स्वास्थ्य संकट र राष्ट्रिय सुरक्षा

स्वास्थ्य संकट र राष्ट्रिय सुरक्षा
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य सुरक्षा-राष्ट्रिय सुरक्षाको एक अभिन्न अंग हो । जबसम्म समाज सुरक्षित हुँदैन तबसम्म कुनै पनि राष्ट्र सुरक्षित रहन सक्दैन । राष्ट्रको बहुआयामिक चुनौतीहरुको सामना गर्न राज्य र यसका संयन्त्रहरुको स्थापना गरिएको हुन्छ । सरकारको गठन पनि यिनै चुनौतीहरुको  सामना गर्दै राष्ट्रलाई बलियो बनाउने नै हुनु पर्ने हो तर विश्वका सबै राष्ट्रहरु एकैनासका छैनन् । 

नेपालको परिस्थिति मुल्यांकन गर्दा दक्षिण एसिया कै सबै भन्दा पुरानो राष्ट्र भएता पनि हाल आएर यसलाई संचालन गर्ने सरकार लगायत यसका संयन्त्रहरु फितला र कमजोर देखिन थालेका छन् । यस्तो किन भयो ? कसरी यसमा सुधार गर्न सकिन्छ भन्ने कुरा हालको अवस्थामा विषेश महत्व राख्दछ ।

वर्तमान विश्व परिवेशमा सुरक्षाको महत्व विषेशरुपमा बढदै गएको सर्वत्र महसुस भएता पनि नेपालको परिवेशमा स्वार्थिय दाउ–पेचका कारण सुरक्षालाई त्यति महत्व दिएको पाइदैन । सन्दर्भ हाल कै कोभिड–१९ महामारी र यसको व्यबस्थापनलाई लिन सकिन्छ । प्रथमतःस्वास्थ्य सुरक्षा सामाजीक चुनौतीको रुपमा त सबैले स्वीकार गर्दछन् तर यसलाई राष्ट्रिय सुरक्षा को आयाम भित्र समावेश गरेको पाईदैन।

यसै हुनाले नेपालको संविधान–२०७२ मा राष्ट्रिय सुरक्षा परिषदको व्यबस्था त गरियो तर यसले समेटनु पर्ने विविध विषयहरुमा मानव सुरक्षालाई ध्यानै दिइएन् फलत्: सेना परिचालनको मात्र जिम्मेवारी दिएर यसलाई पंगु बनाइयो । 

अहिले स्वास्थ्य संकट उत्पन्न भएको बेला संक्रमण रोग ऐन– २०२० ले पर्याप्त बाधा अड्चन फुकाउन नसक्ने आंकलन गरि सरकार अध्यादेशबाट समस्याको समाधान खोज्दै छ तर यो राष्ट्रिय सुरक्षा अन्तरगतको गंभिर चुनौती हो भन्ने कुरा औल्याउन सकेको छैन् । यो रोग नेपालमै उत्पन्न भएको मौलिक रोग पनि होइन र यसको समाधान पनि नेपाल एक्लैले गर्न सक्दैन ।

उदाहरण : नेपाल–भारत खुला सीमाको कारण भारतमा बढ्दै गएको संक्रमण नेपालमा सजिलै रुपान्तरण हुन पुग्यो । यसको व्यबस्थापन सोही अनुसार अन्तर मन्त्रालय संयन्त्रबाट हुनु पथ्र्यो, सो भएन र संक्रमण भयावह भयो। राष्ट्रिय सुरक्षा परिषद् यदि असरदार भएको भए भए परिस्थितिको सही मुल्यांकन र निवारण हुन सक्थो होला– तर यो भएन ।  

कुनै बेला सेना परिचालनमा कानुनी अड्चन देखिदा नेपालको संविधान– २०४७ ले व्यबस्था गरेको राष्ट्रिय सुरक्षा परिषद् सचिवालय माओवादी विरुध्द सेना परिचालन गर्न २०५८ साल पछि कार्यान्वयनमा आए झै कोभिड–१९ संकट व्यबस्था गर्न त्यस्तै क्याप्सुलको रुपमा सरकार अध्यादेश ल्याउन खोज्दै छ । “आगो लागे पछि कुवा खन्ने” भने झै यस्तो नियतिले हामी कति दिन बाच्ने रु यसको लागि उपयुक्त नीति निर्माण समयमा हुनु आवश्यक छ । 

अहिले स्वास्थ्य संकटकाल लगाएर कोभिड–१९ संक्रमण नियन्त्रण गर्न होस् वा अन्य सुरक्षाका चुनौतीहरु हुन— यसलाई राष्ट्रिय सुरक्षाको छाता मुनि ल्याएर समन्वयात्मक रुपमा समस्याको समाधान खोज्नु वुध्दिमानी हुनेछ । यसको लागि वृहत्तर राष्ट्रिय सुरक्षा चुनौतिहरुको पहिचान गर्दै राष्ट्रिय सुरक्षा परिषदलाई समयानुकूल परिमार्जन गर्नु अति आवश्यक छ ।

कोभिड–१९ संक्रमण नियन्त्रणमा सरकार अन्तरगत कै विभिन्न मंन्त्रालयहरु विच समन्वय हुन नसकेको यथार्थ सार्वजनिक हुदा सरकारको कमि कमजोरी छताछुल्ल भई सकेको छ । यस्तो गंभिर रुपबाट श्रृजना भएको कोभिड–१९ संक्रमण हालको अवस्थामा स्वास्थ्य मन्त्रालयले मात्र समाधान गर्न सक्ने अवस्था नरहेको र यसले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष्य असर पार्दै गएको यथार्थतालाई बुझि सरकारले उपयुक्त कदम समयमै चाल्नु अति आवश्यक देखिन्छ । 

लेखक डा .उमेश कुमार भट्टराई सुरक्षा र रणनीति सम्बन्धि जानकार व्यक्ति हुन् ।