• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   वैशाखमा आगलागी र वन डढेलोबाट २६ को मृत्यु ★   दुर्गमका सबै पालिकामा नुन सुलभ रुपमा उपलब्ध गराउन संसदीय समितिको निर्देशन ★   ‘चेन्नईको भगवान’ भन्दै धोनीको मन्दिर बनाउन माग ★   यसै हप्ताभित्र सरकार बिस्तार हुन्छ: मुख्यमन्त्री कार्की ★   पार्टी विभाजनमा प्रधानमन्त्रीको हात रहेको जसपा नेपालको आरोप ★   जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता: प्रधानमन्त्रीले पार्टी फुटाएको आरोप ★   सभामुखद्वारा सदन खुलाउन छलफल ★   सडक दुर्घटनामा कन्नड टेलिभिजन अभिनेत्रीको मृत्यु

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध



फाईल फोटो

ढोरपाटन । अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।

माथिदेखि खसेको ठूलो पहिराले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।

उपप्रमुख कायतले भन्नुभयो, “दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा बिहबिार खुलाउन सकिएन, आज खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ ।”

सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् । ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प छन् । यो समय ढोरपाटन घुम्ने याम भएको हुँदा धेरै पर्यटकले बीच बाटोबाटै फर्किनुपरेको स्थानीयको भनाइ छ । रासस