२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट वडाध्यक्षको निधन



अ+ अ-

तुलसीपुर । कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं  ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उहाँको आज  निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो । 

यसैगरी कोनाबाट नै  बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उहाँको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा आज  अपराह्न निधन भएको हो । 

रेडियो हापुरेमा कार्यरत उहाँले गतहप्तामात्र कोरोनालाई पराजित गर्नुभएको  स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो । जिल्लामा कोरोनाबाट दुई पत्रकारको निधन भैसकेको छ । यस अघि  पत्रकार दामोदर अधिकारीको कोरोनाकै कारण निधन भएको थियो ।

जिल्लाका एक  सङ्क्रमितका बाँकेमा निधन भएको छ । भेरी अस्पतालमा उपचारमा क्रममा तुलसीपुर उपमहानगरपालिका १० का ३८ वर्र्षीया महिलाको गए राति निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।