काठमाडौं । नेपालमा थप ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।
पछिल्लो २४ घण्टामा २२ हजार ८७ परीक्षणमध्ये २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टिजेन परीक्षण गरिएको छ। थपिएका संक्रमितसँगै नेपालमा हालसम्म संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
यस्तै कोरोनाका कारण २१४ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ











