• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

ललिता निवास जग्गा प्रकरण: सिआइबी राडरका व्यापारी बेपत्ता



फाईल फोटो

काठमाडौं । बालुवाटारस्थित चर्चित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरी किनबेचमा संलग्न व्यावसायिक घरानाका व्यक्तिहरू बेपत्ता भएका छन्। सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सरकारी छाप दस्तखत किर्ते तथा संगठित अपराधमा पक्राउ गरी अनुसन्धान सुरु गरेपछि उनीहरू बेपत्ता भएका हुन्।

उनीहरूले भूमाफिया शोभाकान्त ढकाल, रामकुमार सुवेदी तथा अर्का व्यापारी मीनबहादुर गुरुङसँगको सेटिङमार्फत जग्गा किनेका हुन्। सोही आरोपमा प्रहरीले पक्राउ अनुमति लिएको तर उनीहरू भने अहिले मोबाइल अफ गरेर अन्य सबै प्रकारका सञ्चार सम्पर्कबाट विच्छेद भएको प्रहरीले जनाएको छ।

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हत्याउने क्रममा प्रत्यक्ष संलग्न नभए पनि सरकारी जग्गा हो भन्ने थाहा हुँदाहुँदै उनीहरूले सेटिङमार्फत जग्गा खरिद गरेका कारण अनुसन्धानको दायरामा तानिएको सिआइबीका एक उच्च अधिकारीले बताए।

सिआइबीका अनुसार ललिता निवास जग्गा प्रकरणमा तानिएका व्यापारीहरू हाल फरार रहेकाले उनीहरूको खोजीकार्य जारी छ। सिआइबी स्रोतका अनुसार विदेशी मदिराका व्यापारी सन्दीप सारडा, श्रीराम दूधका मालिक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, हेभी इक्विपमेन्ट इम्पोर्टर श्रवण गोयल यतिबेला सिआइबीको पक्राउ सूचीमा छन्।

उनीहरू अहिले नेपालमा नभएका कारण प्रहरीले पक्राउ गर्न सकेको छैन। गोयल सनराइज बैंकको संस्थापक सेयर सदस्य हुन्। गोविन्द संघाई, कैलाश गोयल, संगीता बोथरा पनि फरार छन्। उनीहरूलाई नेपाल फर्काउन दिल्ली प्रहरी र दुबई प्रहरीसँग सहकार्य भइरहेको स्रोतले जानएको छ। यो समाचार नागरिक दैनिकमा छ ।