• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

कोशी प्रदेशसभाका सभामुख गौतमद्वारा राजीनामा



काठमाडौँ। कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनुभएको छ । यसअघि नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन गरेको हस्ताक्षरलाई सर्वोच्च अदालतले वैधानिकता नदिएपछि उहाँ विवादमा पर्नुभएको थियो ।

नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेशसभा प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गर्दा थापालाई बहुमत जुटाउन प्रस्तावमा गौतमले हस्ताक्षर गर्नुभएको थियो ।

सोविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उहाँको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकार बनाउन सभामुखको हस्तक्षरलाई वैधता नदिएपछि थापाको सरकार नै ढलेका थियो ।

कोशी प्रदेशसभा प्रमुख खापुङले पुन: मुख्यमन्त्रीका लागि आज (मंगलबार) सम्मको समयसीमा दिनुभएको छ । गौतमको राजीनामा सँगै पुन: थापालाई मुख्यमन्त्री बनाउन बहुमत पुग्ने अवस्था देखिएको छ ।