३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सहृदयता र आत्मियताका पर्यायी चिनियाँलाई भेट्दा

सहृदयता र आत्मियताका पर्यायी चिनियाँलाई भेट्दा
अ+ अ-

चीन । आहा ! कति सुन्दर सहर, जताततै फूलैफूलको मनमोहक दृश्य, सुन्दर, शान्त, विशाल भवनहरु । जताततै हरियाली सफा चट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने । चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन यी ।

“यति व्यवस्थित र सुन्दर कसरी भयो होला ?” यात्रामा सँगै सहभागी मित्र कमलमणि गौतमले आफ्नो मनको कौतुहता व्यक्त गर्दै भन्नुभयो, “अद्भूत विकास, नेपाललाई यस्तै कहिले बनाउने होला?” उहाँको प्रश्नमा अनायाशै अर्का मित्र धुव्र भण्डारी (विश्व) ले थप्नुभयोे, “पैसाभन्दा पनि देश नेतृत्व गर्नेको ‘भिजन’ हो, यहाँको नेतृत्वको ध्यान प्रकृतिमैत्री विकास केन्द्रित देखिन्छ ।”

ठूल–ठूला सहरका विशाल संरचना तर मानिसहरु कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए । तर यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो । तर चिनियाँ भाषा नजान्ने भएपछि सोधिहाल्ने कुरा पनि भएन । कौतुहलता मनमै रह्यो ।

गत जेठ २१ गतेदेखि असार १२ गतेसम्म चीनको हन्जाउ सहरमा आयोजित ‘विकासशील देशहरुको आर्थिक निर्माण र हरित दिगो विकास’ विषयक गोष्ठीमा भाग लिन जाँदा यस्तै धेरै सवालहरु मनमा आए ।

एक दिन साँझ (जेठ २६ गते) बाहिर निस्कियौँ । गोष्ठीमा सहभागी हुन आउनुभएका म्यासेडोनियाका पूर्वसांसद टोडोर पेट्रोभले भन्नुभयो, “वाउ ! कम्युनिष्ट राष्ट्रको विकास देखेर अचम्म लाग्यो, यो देश यति सम्पन्न, सुन्दर र यति भव्य होला भन्ने लागेको थिएन ।” उहाँले आफ्नो देशको अवस्थाबारे सुनाउनुभयो । उहाँको देश र र नेपालको अवस्था मिल्दोजुल्दो रहेछ । उहाँले चासोपूर्वक नेपालबारे सोध्नुभयो । मैले नेपालको राजनीतिबाहेक अन्य विषयमा केही जानकारी दिने प्रयास गरे । नेपाल सानो तर सुन्दर राष्ट्र भएको सुनाएँ । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्ध नेपालमा जन्मिएको, नेपालका चर्चित हिमालको वर्णन गरेँ ।

मैले धेरै जिज्ञासा उहाँकै देशबारे राखेँ । उहाँले भन्नुभयो, “बहुराजनीतिक दल, अस्थिर सरकार, विकासभन्दा सरकार बनाउन र सत्ता टिकाउनकै ध्यान छ म्यासेडोनियामा, आफ्नो देश विकास भएको हेर्न मन छ ।” उहाँका कुराले मलाई पनि आफ्नो देशको अवस्थासँग मिल्दोजुल्दो लाग्यो । हल्का पानी परिरहेको थियो । वरिपरिका रुखका पातहरु हल्लिरहेको वातावरण नियाल्दै पेट्रोभले थप्नुभयो, “साँच्चै हरेक कुरा कति व्यवस्थित छ यहाँ ।”

हन्जाउ शहरको सुन्दरता साँच्चै मनमोहक छ । अरु विकसित देशमा पनि भौतिक पूर्वाधार र सूचना प्रविधिको अत्याधिक विकास छ । त्यसका साथै प्राकृतिक सुन्दरता र हरियाली पनि उत्तिकै मन लोभ्याउने खालको छ ।

एउटा रोचक प्रसङ्ग, चिनियाँ बालबालिकासँग सङ्ग्रहालय घुम्ने कार्यक्रम थियो । नेपाली देख्नेबित्तिकै चिनियाँ बच्चाले चिन्ने रहेछन् । एक सात/आठ वर्षको चिनियाँ बालकले नेपाली भण्डा देखाउँदै मलाई झण्डामुनि हस्ताक्षर गर्न कलम थमाइ दिए । मैले हेरेँ । त्यहाँ धेरै देशमा झण्डाहरु थिए । गोष्ठीमा १७ देशमा ३३ जना सहभागी थियौँ । यतिका धेरै मानिसमा ठ्याक कसरी नेपाली नै हो भनेर चिनेको होला भनेर मलाई त्यो पल रमाइलो लाग्यो । मैले हस्ताक्षर गरेँ । उनीजस्तै तीन/चार जनाले बच्चाले नेपाली झण्डा देखाएर हस्ताक्षर गर्न भने । आफ्नो झण्डा देख्दा रमाइलो लाग्यो ।

गोष्ठीमा अध्ययनका साथसाथै घुम्न जाने कार्यतालिका थियो । हन्जाउ सहरको वेस्ट लेक ९पश्चिम ताल० घुम्न गयौँ । कञ्चन पानी, सफा देखेर मुगुको रारा तालको सम्झना आयो । त्यो ताल चीन पुगेका मानिसका लागि अवलोकन गर्न निकै सुन्दर र प्रसिद्ध मानिदो रहेछ । प्राकृतिक सौन्दर्य मन लोभ्याउने खालको छ । धेरै मानिसहरु अवलोकन गर्न आउने गरेको भेटियो । प्राचीन मन्दिरहरू, सुन्दर बगैंचा, चारैतिर हरियाली बीचमा ताल जो कोहीलाई त्यहाँ पुग्दा आनन्द लाग्छ ।

गोष्ठी हन्जाउ सहरमा आयोजना भएको थियो । यो पछिल्लो समयमा विकास भएको सहर भएपनि भौतिक, सूचना प्रविधिको अधिक विकास छ । साथै, पुरै सहर फूल र हरियाली छ । नेपाल–चीन हिमालयमैत्री समाजका महासचिव रिनन पोखरेलले गोष्ठीमा जानुअघि भन्नुभएको थियो, “पछिल्लो समयमा विकास भएको सहर हो । सुन्दरता र हरियालीको नाममा चिनिन्छ ।” साँच्चै सुन्दरताको वयान गरेर सकिन्न । जताततै फूल नै फूल । हेर्ने बित्तिकै प्राय: सबैले मुखबाट आउने एउटै शब्द ‘आहा! कति सुन्दर ।’

गोष्ठीकै क्रममा सिल्क सङ्ग्रहालय घुम्ने अवसर मिल्यो । त्यो सङ्ग्रहालयमा ऐतिहासिक कला, संस्कृति, चालचालनसम्बन्धी धेरै कुराहरु राखिएका थिए । सङ्ग्रहालयमा प्राचीन र समृद्ध संस्कृति, ऐतिहासिक वस्तुहरू, कला, विज्ञान, र विविधतासम्मका वस्तुहरूको सङ्ग्रह गरिएको छ ।

चीनको सङ्घाई सहर आर्थिक केन्द्रको ठूलो सहर हरेक कुरामा अत्यन्तै समृद्ध छ । त्यहाँ पुग्दा धेरै विदेशी पर्यटक देखिन्थ्यो । साँझमा लेकसाइडमा झिलीमिली बीचमा सुन्दर ताल देख्दा फेवातालमा साँझको समयमा घुमेको सम्झना आयो । उनीहरुको सजावट, संरचना र सरसफाई भने विशेष खालको छ ।

चीन जानुअघि खानाबारे निकै चर्चा गरेको सुनेको थिए । त्यहाँ कुकुर, गाई, सुँघुरको मासु खाइन्छ भनेर । जे खानामा पनि गाईको मासु मिसाएको हुन्छ भन्ने । मनमा कस्तो होला जस्तो लागेको थियो । ‘सी फुड’ खाने बानी छैन । त्यो चाहिँ हातै हाल्न सकिन्न होला जस्तो लागेको थियो । तर खानाका परिकारहरु धेरै राखिएका कारणले खास अरुले भने झैं असजिलो महसुुस भएन । खाना समय निश्चित हुन्थ्यो । उसिनेका मकै, तरुल, साग, माछा यस्तै धेरै परिकार थिए, जुन मेरा लागि उपयोगी रहे ।

चीनमा १८ दिन बस्दा सादा खानामा उत्सव नै मनाएँ । हन्जाउ सहरको टोङ्गी भोकेस्नल कलेज अफ साइन्स एण्ड टेक्नोलोजी विभागमा गोष्ठीको स्थान थियो । कलेजकै हजारौँले खाना खाने ठाउँ थियो । मित्रद्वय गौतम र भण्डारीलाई खाना एउटै सादा खालको महसुस भएको थियो । हामी नेपाली केही चिल्लो र मसलादार खाना खाएर हुर्किएका । खाना खाँदै गर्दा एकदिन भण्डारीले भन्नुभयो, “कहिले नेपाल पुगेर गुन्दु्रक र भात खाउँजस्तो लागेको छ, यो उसिनेको न अमिलो, न पिरो खाना खादा खादा दिक्क भइयो ।” त्यसमाथि थप्दै भण्डारीले जोड्नुभयो, “मलाई त नेपालको म:मको याद आयो, नेपाल पुग्ने बित्तिकै म:म खान्छु ।”

गोष्ठीमा ‘ग्रीन टी’ राखिएको हुन्थ्यो । चीनमा दूध हालेको चिया वा कालो चिया खाएको कतै देखिएन तर ग्रीन टी भने प्राय: सबैले खाइरहेको देखियो । एकदिन मैले प्रसङ्गवस झेजिङ प्रान्तको स्वतन्त्र व्यापार विकास बोर्डका प्रशिक्षण विभाग प्रमुख शेङ यानपिङलाई चीनमा ग्रीन टी मात्र खाइन्छ रु भनेर सोधेँ । उत्तरमा उहाँले भन्नुभयो, “चीनमा ग्रीन टी प्रसिद्ध छ, यहाँ उत्पादन गरेको ग्रीन टी आफूलाई खपत भएर पनि धेरै देशमा बेचिन्छ ।” उहाँ नेपालीलाई देख्दै बित्तिकै छिमेकी भनेर मुसुक्क हाँस्नुहुन्थ्यो ।

केही समस्या पर्‍यो भने स्वयम सेवक पनि थिए टोयवास र पेनी । उनीहरु असाध्यै अबोध बालक झैँ लाग्दथे । आफ्नै भाइ बहिनीजस्ता । त्यही कलेजमा पढेर केही समय स्वयम्सेवकका रुपमा काम गर्नुपर्ने नियमअनुसार उनीहरु कलेजमा आउथे । उनीहरु कामप्रति अत्यन्तै इमान्दार थिए । उनीहरु समयप्रति अति नै चनाखो हुन्थे । पेनीले औंलामा एकजोर चपस्टिक च्यापेर सबै खाना खान्थिन । काँडा भएका माछा पनि काडालाई जीब्रोले नै छान्ने । हेर्दा रमाइलो लाग्ने । भातको सीता पनि चपस्टिक च्यापेर खाने । यसमा बानी नपरेका हामीलाई निकै असजिलो । एक/दुई पटक मलाई पनि सिकाइन् । चीनको खाद्य संस्कृति प्राचीन नै छ । वास्तवमा यसले चिनिया संस्कार र संस्कति जोगाइराखेको छ ।

चीन बसाइकै क्रममा एकदिन साथीहरु मिलेर हन्जाउकै चर्चित बजार सिटिजन सेन्टर जाने कुरा भयो । त्यहाँका ट्याक्सीमा इ(पेमेन्ट गर्नुपर्ने तर हामीसँग त्यो सुविधा थिएन । एक चिनिया महिलाले ट्क्यासी ‘बुक’ गरेर पठाउनुभयो । तर, पैसा तिरिदिने ती व्युटिसियन चिनियाँ महिलाले ट्याक्सीवालालाई दिएको स्थान फरक परेछ । ट्याक्सीले छाडेर गयो । तर ठाउँमा फरक परेछ । घानाका तीन साथी र नेपाली दुई जना थियौँ । चिनियाँहरुले अङ्ग्रेजी नबुझ्ने । एक प्रकारको समस्यामा परियो ।

अनि मित्र विश्वले ट्रान्सलेसन एप खोलेर अङ्ग्रेजीमा बोल्दै चिनियाँ भाषामा अनुवाद गरेर एउटा ट्याक्सीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले हाम्रो आग्रहलाई सहजै स्वीकार गर्नुभयो । ट्वाक्सीमा राखेर उक्त स्थानमा पुर्‍याइदिनुभयो । क्यास पैसा लिन अनुरोध गर्‍यो । हामीसँग डिडिजल पैसा हुने कुरा भएन । उहाँले पैसा लिन मान्नुभएन । अनि भन्नुभयो, “केही छैन, मैले छिमेकी राष्ट्रका मित्रहरुलाई सहयोग गर्न पाएँ, त्यही खुशी लाग्यो ।” सुरुमा ट्याक्सी बोलाउने व्युटीसिएनले पनि हामीसँग पैसा लिन मान्नुभएन । उहाँले भनेको अहिले पनि ताजै छ, “आफ्नो देशमा आएका पाहुनाहरुलाई स–सानो सहयोग गर्न पाउँदा खुशी लाग्छ, तपाईंहरु हाम्रो पाहुना हो ।” चिनियाँहरुमा रहेको इमान्दारिता र सह्दयतालाई कहिल्यै बिर्सन सक्दिन । रासस