• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सोमबार सुन–चाँदीको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार उक्त सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।