• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

स्वचालित प्रणालीमार्फत पेशी तोक्न प्रधानन्यायाधीश कार्कीलाई बारको आग्रह



काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई पूर्ण स्वतालित प्रणालीमार्फत पेशी तोक्न आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै बारले आफ्नै नेतृत्वमा बनेको समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै प्रधानन्यायाधीश कार्कीको ध्यानाकर्षण गराएको हो ।

प्रधानन्यायाधीश कार्की न्यायाधीश रहँदा बनेको समितिले न्यायापालिकामा हुनसक्ने विकृति, अनियमितता र भ्रष्टचार तथा त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायबारे सुझाव दिएको थियो । सोहि प्रतिवेदन कार्यान्वयन गर्न बारले माग गरेको हो ।

सर्वोच्चको पूर्ण बैठकले स्वामित्वसहित प्रतिवेदन कार्यान्वयनको प्रक्रिया थाल्नुपर्ने विज्ञप्तीमा भनिएको छ । यस्तै, बारले नयाँ प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिका लागि समेत ध्यानाकर्षण गराएको छ ।