• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   रिसाए रोहितः प्रशारणकर्तामाथि किन एक्कासी आक्रोशित बने ? ★   नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार ★   आईपीएलमा धोनीका यी विवादहरु जसलाई उनका फ्यानहरु विश्वास गर्न सक्दैनन् ★   गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा ★   करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु ★   उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु ★   प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट ★   प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौँ, कसैले शंका नगरे हुन्छ: माधवकुमार नेपाल ★   काँग्रेसले भन्यो: झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ ★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने

महाराजगञ्ज मेडिकल कलेजमा स्ववियुको तालाबन्दीपछि पठनपाठन बन्द



काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न माग राखेर तालाबन्दी गरेपछि पठनपाठन बन्द गरिएको छ ।

क्याम्पस प्रमुख प्राडा अर्जुनप्रसाद लामिछानेले विज्ञप्ती जारी गर्दै विभागीय प्रमुखहरूको बैठकपछि पठनपाठन बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । यसबारे चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई समेत जानकारी गराएको छ ।

साउन ८ गतेदेखि स्ववियुले तालाबन्दी गरेको भन्दै यस्तो अवस्थामा पठनपाठन गराउन नसकिने विज्ञप्तीमा उल्लेख गरेको छ । विभागीय प्रमुखहरूको बैठकले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले कुनै तरिकाले गल्ती गरी अनुगमन तथा अनुशासन समितिले छानविन गरी कारवाही गर्ने सिफारिस गरेमा सोको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै क्याम्पसमा विद्यार्थीले कुनै पनि बहानामा तालाबन्दी गरेमा सो अवधिमा सम्पूर्ण शैक्षिक कार्यक्रमहरू बन्द गर्ने निर्णय गरेको छ। क्याम्पस तालाबन्दी भएको अवधिमा यूजीका सम्पूर्ण प्रयोगात्मक परीक्षाहरू बन्द गर्ने समेत निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विद्यार्थीले तालाबन्दी गरेको खण्डमा जतिदिन तालाबन्दी गरिएको हो, यूजीका परीक्षा समेत त्यक्तिकै दिन पछाडि सार्न बैठकले परीक्षा नियन्त्रण महाशाखा डीनको कार्यालयमा सिफारिस समेत गरेको छ ।

स्ववियुले क्याम्पस प्रमुखको कार्यालय, सामान्य प्रशासन शाखा, आर्थिक शाखामा तालाबन्दी गर्दै आएको छ ।