• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु

भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छः शेखर कोईराला



file

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै उहाँले देशलाई भ्रष्टाचारले चारैतिरबाट गाँजेको बताउनुभएको हो । उहाँले जता हे¥यो त्यतै भ्रष्टाचार भएको देखिने भन्दै भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलता नअपनाए नेपाली काँग्रेसको औचित्य समाप्त हुने बताउनु भयो । नेता कोइरालाले राज्यले नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको बताउनु भयो । उहाँले फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको भन्दै यस्ता कुराले देशको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल बनाएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भिर तरिकाले गाँजिएको मैले पाइराखेको छु । जताहे¥यो, जसरी हे¥यो, जहाँ हे¥यो त्यहीँ भ्रष्टाचार देखिन्छ । यो केन्द्रिय समिति पछिको नेपाली काँग्रेस भ्रष्टाचारमा शुन्य सहनशिलताको हिसावले हामी अगाडी बढ्नै पर्छ । नत्रभने नेपाली काँग्रेसको औचित्य समाप्त हुन्छ भन्नेकुरा तपाईहरुलाई भन्न चाहन्छु । दण्डहिनताको अन्त्य हामीले सकिराखेका छैनौँ । राज्य नै दण्डहिनतालाई बढाउने प्रयास गरिराखेको छ ।’

‘हुँदाहुँदा कानून नै हामीहरु यस्तो बनाउन खोज्दैछौँ, जुन कानून फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरुलाई पनि राजनीतिक मुद्दा भनेर छुट दिने । यस्ता कुराहरुले हामीहरुको छवि, भ्रष्टाचार र दण्डहिनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुमलिएर गएको मैले पाइराखेको छु । भूटानी शरणार्थीको कुरा गर्दा त अन्तर्राष्ट्रिय समुदायमा हामीहरुले आफ्नो अनुहार कसरी देखाउने ? यो कुराहरुलाई शुन्य सहनशिलताको रुप लिएर नेपाली काँग्रेस यो केन्द्रिय समितिपछि पक्कैपनि हामीहरु अगाडी बढ्छौँ भन्नेकुरा तपाईहरुको माझ राख्न चाहन्छु ।’

उहाँले काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रुपमा चलाउने विश्वास पनि व्यक्त गर्नुभयो ।




भर्खरै