२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकारविरुद्धको रिटको सुनुवाइ हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौं। कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै नेकपा एमाले सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

मंगलबारदेखि अदालतको पूर्णइजलासमा बहस भइरहेको रिट बुधबारको लागि हेर्दाहेर्दैमा राखिएको हो ।

यस मुद्दामा सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस भइरहेको छ ।

सोमबार भएको सुनवाइमा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएका थिए ।

गत असार २१ मा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरी मुख्यमन्त्री नियुक्ति भएपछि विपक्षी दल नेकपा एमाले सर्वोच्च पुगेको थियो ।