१२ भाद्र २०८३, शुक्रबार
,
Latest
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५औँ महाधिवेशनमा शेखर सभापति: धनराज गुरुङ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औँ महाधिवेशनमा डा शेखर कोइरालालाई सभापति बनाउने बताउनुभएको छ ।

मंगलबार आफ्नो समूहले गरेको कार्यक्रममा उहाँले अहिले नै सभापति बदल्न नसक्ने बताएर नपुग्ने कुरा नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्नँ । तर १५औँ महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।”

त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र नभई सभापतिमा स्थापित गर्ने उहाँको भनाइ थियो ।

कानुनमन्त्री समेत रहेका कांग्रेस उपसभापति गुरुङले नेताहरुको सम्पत्ति छानबिनका लागि आयोग बनाउनुपर्ने धारणा राख्नुभयो । एकपछि अर्को फाइल खोल्दै जानुपर्छ भनेर आफूले प्रधानमन्त्रीलाई समेत भनेको उहाँले बताउनुभयो ।