८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अफगानिस्तानमा तालिवानको नयाँ आदेशमा हजारौँ ब्यूटीपार्लर बन्द हुँदै

अफगानिस्तानमा तालिवानको नयाँ आदेशमा हजारौँ ब्यूटीपार्लर बन्द हुँदै
अ+ अ-

काबुल । अगस्ट २०२१ मा सत्ता कब्जा गरेदेखि तालिबान सरकारले किशोरी र महिलाहरूलाई हाई स्कूल र विश्वविद्यालयहरूमा प्रतिबन्ध लगाएको छ । उनीहरूलाई पार्क, मनोरञ्जन स्थल र जिमहरूमा प्रतिबन्ध लगाउनुका साथै सार्वजनिक रूपमा बुर्का लगाउन आदेश दिएको छ।

तर गत महिना जारी गरिएको आदेशले महिलाहरूद्वारा सञ्चालित राष्ट्रव्यापी हजारौँ ब्यूटीपार्लरहरु बन्द गर्न बाध्य पार्दैछ । प्रायः घरपरिवारहरूको आयको एक मात्र स्रोत र उनीहरूलाई घरबाट टाढा सामाजिकीकरण गर्नका लागि बाँकी रहेका केही अवसरहरू मध्ये ब्यूटीपार्लरलाई पनि तालिबान सरकारले अवैध बनाउँदै छ।

“हामी सँगै हाम्रो भविष्यको बारेमा कुरा गर्न यहाँ आउँथ्यौँ। अहिले हामीबाट यो अधिकार पनि खोसिएको छ”, काबुल सैलुनका ग्राहक बहाराले भनिन्, “महिलाहरूलाई मनोरञ्जन स्थलहरूमा प्रवेश गर्न अनुमति छैन । त्यसोभए हामीले के गर्ने ? हामी कहाँ रमाइलो गर्न जान सक्छौँ ? हामी एक अर्कालाई भेट्न कहाँ भेला हुन सक्छौँ ?”

गत हप्ता सुरक्षा अधिकारीहरूले आदेशको विरुद्धमा प्रदर्शन गरिरहेका दर्जनौँ महिलाहरूलाई तितरबितर पार्न काबुलमा हवाई फायर गरेका थिए ।

जुनको अन्त्यमा सद्गुणको प्रवर्द्धन र दुष्टताको रोकथाम मन्त्रालयले मंगलबारसम्म ब्यूटीपार्लरहरुलाई बन्द गर्न मंगलबारसम्मको समय दिएको छ ।

मेकओभरमा खर्च भएको अत्यधिक रकमले गरिब परिवारलाई कठिनाइ भएको र ब्यूटीपार्लरमा हुने केही उपचारहरू गैर–इस्लामिक भएकोले यस्तो आदेश दिइएको मन्त्रालयले बताएको छ ।

मन्त्रालयले धेरै मेकअपले महिलाहरूलाई प्रार्थनाका लागि उचित स्नान गर्न रोक्ने बताएको छ ।

आदेशको प्रतिलिपिले यो ‘सर्वोच्च नेता’ हिबतुल्लाह अखुन्दजादाको मौखिक निर्देशनमा आधारित रहेको बताएको छ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमा सेनाले देश कब्जा गरेको २० वर्षको अवधिमा काबुल र अफगानिस्तानका अन्य सहरहरूमा धेरै ब्यूटीपार्लरहरू खुलेका थिए ।

ब्यूटीपार्लरलाई पुरुषहरूबाट टाढा भेला हुने र सामाजिक मेलमिलाप बढाउनका लागि सुरक्षित स्थानको रूपमा हेरिएको थियो र महिलाहरूका लागि महत्त्वपूर्ण व्यापार अवसरहरू प्रदान गरिएको थियो ।

तालिबान सत्तामा आएपछि हजारौँ महिला सरकारी कर्मचारीहरूले या त आफ्नो जागिर गुमाएका छन् वा घरमै बस्न बाध्य भएका छन्।

तर अफगानिस्तान वुमेन्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अनुसार ब्यूटीपार्लरमा प्रतिबन्ध लगाइएपछि अन्य ६० हजार महिलाले १२ हजार सैलुनमा काम गर्ने आम्दानी गुमाउनेछन्।

अफगानिस्तानका लागि विशेष दूत रिचर्ड बेनेटले गत महिना संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई दिएको एक प्रतिवेदनले देशमा महिला र किशोरीहरूको दुर्दशा ‘विश्वमा सबैभन्दा खराब मध्ये एक’ भएको बताएको छ।

“महिला र किशोरीहरू विरुद्ध गम्भीर, व्यवस्थित र संस्थागत भेदभाव तालिवानको विचारधारा र शासनको केन्द्रविन्दु हो, जसले उनीहरूलाई लैङ्गिक रंगभेदका लागि जिम्मेवार हुनसक्ने चिन्ता पनि बढाउँछ”, बेनेटले भने।