• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई

महामन्त्रीले केन्द्रिय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौँः दिलेन्द्र बडू



काठमाडौँ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रिय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रश्तुत गर्नुभएका कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रिय समितिका एजेण्डा सही र व्यवस्थित रहेको बताउनु भयो । उहाँले महामन्त्रीले प्रश्तुत गर्नुभएको कार्यतालिका र कार्यक्रमहरु संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले महामन्त्री थापाले प्रश्तुत गर्नुभएको कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रोसँघ अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय समितिका एजेण्डा सही छन्, व्यवस्थित रुपमा आएको छ । सबै एजेण्डामा सबैले आफ्ना विचार राख्नसक्ने समय भएन । त्यो भएको भए सबै एजेण्डामा सबैको विचार आउँथ्यो । समय सिमित भयो, लाइभ गर्नेकुरा नयाँ भयो, लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन, कुनै केन्द्रिय सदस्यले एजेण्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो । केन्द्रिय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत यो सबैको एजेण्डा र कार्यक्रम हो । संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकतावद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो । यसले पार्टीमा नयाँ जीवन दिन्छ । यो अब महमन्त्रीको कार्ययोजना नभइ संस्थाको रुपमा लिनुपर्छ । यसरी गए पार्टी निश्चित रुपमा अघि बढ्छ । पार्टीभित्र हाम्रो एकता छ, एकतावद्ध ढंगले जान्छौँ ।’

नेता बडूले केन्द्रिय समितिको बैठकमा सबै एजेण्डामा धारणा राख्नलाई समय पर्याप्त हुन नसकेको गुनासो गर्नुभयो ।