१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकारको वैधानिकतामाथि सर्वोच्चमा पूर्ण इजलासमा बहस हुँदै



अ+ अ-

काठमाडौँ । उद्धव थापा नेतृत्व कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा छलफल हुने भएको छ ।

गत असार २१ मा कांग्रेस संसदीय दलका नेता थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरी मुख्यमन्त्री नियुक्ति भएपछि विपक्षी दल नेकपा एमाले सर्वोच्च पुगेका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्दामा आजबाट पूर्ण इजलासमा छलफल हुन लागेको हो ।

सोमबार भएको सुनवाइमा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।