७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकारको वैधानिकतामाथि सर्वोच्चमा पूर्ण इजलासमा बहस हुँदै



अ+ अ-

काठमाडौँ । उद्धव थापा नेतृत्व कोशी प्रदेश सरकारको वैधानिकतामाथि आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा छलफल हुने भएको छ ।

गत असार २१ मा कांग्रेस संसदीय दलका नेता थापाले सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी समर्थन पेस गरेर मुख्यमन्त्रीमा दाबी पेस गरी मुख्यमन्त्री नियुक्ति भएपछि विपक्षी दल नेकपा एमाले सर्वोच्च पुगेका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्दामा आजबाट पूर्ण इजलासमा छलफल हुन लागेको हो ।

सोमबार भएको सुनवाइमा न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदन पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।