• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

प्रजापरिषद् र कांग्रेस आई जस्तो बन्ने भयौं भनेर कार्यकर्ता निराश छन् – महामन्त्री थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निराशाको व्यापार गर्नेहरूका कारण पार्टीका तल्लो पंक्तिका कार्यकर्तामा निराशा छाएको बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकलाई सोमवार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । कांग्रेस पहिलो पार्टी बन्दा पनि कार्यकर्ताको मनोभाव जन्तीको जस्तो नभइ फुटबल हारेको टोलीको जस्तो रहेको उनले टिप्पणी गरे । ​

‘गाउँदेखि शहरका युवा कहिले पहिला नेपाल छाड्ने भन्ने प्रतिस्पर्धामा छन् । जो बाहिर गयो खुसी छ, जो देशमा छ उ दुखी छ । ठूलो उद्योग गरेको मान्छेदेखि कोही खुसी देख्निन, मानिस निराश देख्छु । होप मरेको जस्तो, विश्वास छैन’ थापाले भने, ‘निराशाको व्यापार गर्नेहरू वरिपरि छन, ती छट्टू छन् । यो नैराश्यबाट नेपाली कांग्रेसीलाई बाहिर निकाल्नु आजको आवश्यकता हो ।’

देश अप्ठेरो अवस्थामा पुगेको बेला सभापति शेरबहादुर देउवाले गुटभन्दा माथि उठेर काम गर्नुपर्ने महामन्त्री थापाको भनाई छ ।