• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

म मौन बस्दैमा पार्टीको सबै समस्या हल हुँदैन– गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मौन ब्रत बस्दैमा पार्टीको समस्या हल नहुने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

पार्टीलाई दुर्घटनातिर जानबाट सबै जना सम्हालिनुपर्ने बताउदै उनले भने, ‘बाहिर जेजे कुरा आएका छन् त्यो सबै प्रायोजित छन् । पार्टीगतरूपमा एउटा समस्या छ । महामन्त्री अलि बढी बोल्छ । त्यसले बोल्न बन्द गरेर मौन ब्रत राख्यो भने पार्टीको सबै समस्या हल हुन्छ । सभापतिज्यू ! मलाई के लाग्छ भने यसले हामीलाई दुर्घटनातिर लान्छ । यो अहिलेको समय न आत्मनिन्दा गर्ने बेला हो न सक्यो सक्यो भनेर सबै ठीक छ भन्ने बेलामा हो । यो बेलामा हामी सम्हालिनुपर्छ ।’