२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday
Latest
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर कार्यक्रम । स्रोत नखुलेको रकम सहित पक्राउ म्यानमार सहयोग पठाउँदै सरकार रास्वपाको सचिवालय बैठक बुधबार नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश होः सभामुख घिमिरे बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौँमा भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा नेपाल उद्योग वाणिज्य महासंघद्धारा म्यानमारका भुकम्प पिडीतहरुका लागि राहत सामग्री हस्तान्तरण नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे पनि साउदी जान लागेका हुन् ?



अ+ अ-

एजेन्सी । फ्रेन्च फरवार्ड केलियन एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पिएसजी)सँगको सम्झौता एक वर्ष बाँकी छ । तर, उनी पिएसजीमै रहने भन्नेमा अन्योल छ ।

एम्बाप्पे नयाँ सिजनअघि नै पिएसजी छाड्ने मनस्थितिमा छन् । पिएसजी प्रि–सिजनको तयारीका लागि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किँदा एम्बाप्पे भने टोलीमा समावेश छैनन् ।

उनी स्पेनिस क्लब रियल मड्रिडमा जान चाहन्छन् । यसैबीच, साउदी अरेबियाको अल हिलालले उनलाई भित्र्याउन १७३.२ मिलियन पाउन्डको प्रस्ताव राखेको छ । फ्रेन्च खेलाडीमाथि साउदी अरेबियाको अल हिलालले ‘मेगा बजेट’ प्रस्ताव राखेको हो ।

२४ वर्षीय एम्बाप्पे साउदी प्रो लिगमा आबद्ध हुँदा अहिलेसम्मकै हाई प्रोफाइल खेलाडी बन्नेछन् । सन् २०१७ मा मोनाकोबाट एम्बाप्पेलाई क्लबमा भित्र्याउन पिएसजीले १५५ मिलियन पाउन्ड खर्चेको थियो ।

पब्लिक इन्भेस्टमेन्ट कोषका माध्यमबाट हिलालले एम्बाप्पेलाई यसै सिजन भित्र्याउने कोसिसमा रहेको बताइन्छ । साउदी क्लबले कम्तीमा दुई वर्षको सम्झौता गर्नेछ ।

तर, पिएसजीका अध्यक्ष नासेर अल खालैफीले भने फ्रेन्च खेलाडी एम्बाप्पेलाई छाड्न नसकिने स्पष्ट पारेका छन् । फ्री ट्रान्सफरका मध्यमबाट मड्रिड जाने योजना बनाएका उनीसँगको सम्झौता बाँकी रहेको नासेर जिकिर गर्छन् ।