१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौद्रिक नीतिः सेयर धितो, रियल स्टेट तथा हायर पर्चेज कर्जाका जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन हुने



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने जनाएको छ ।

अहिले १५० प्रतिशतसम्म रहेको यो व्यवस्थालाई घटाउने कुरा राष्ट्र बैंकले गरेको हो।

त्यस्तै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने छ ।

त्यसैगरी राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले ५० लाख सीमा बढाएको हो ।

यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको थियो । अब उक्त सीमा गरेर २ करोडसम्म हुनेछ ।