• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

धनुषास्थित दशगजा क्षेत्रमा गोली हानेर महिलाको हत्या



जनकपुरधाम ।नेपाल भरत सीमा क्षेत्रमा गोलि हानि एक महिलाको हत्या गरिएको छ । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली प्रहार गरी महिलाको हत्या भएको हो ।

शनिवार राति करिब ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार भएको थिए । गोली लागेर महिलाको घटनास्थलमै मृत्यु भएको र उनको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जनाए ।

घटनास्थल भारतीय भूमि परेकाले मृतक महिलाको शव भारतीय प्रहरीले नै लगेको एसपी खड्काले जानकारी दिए । गोली हानेर हत्या गरेका समूह पनि भारत तीरै भागेको उनले बताए ।