१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः… सम्बोधन सकेर निस्किए प्रधानमन्त्री, संसद बैठक भने जारी कृष्णभिरमा यही महिनाभित्रै सडक सञ्चालन गरिन्छः प्रधानमन्त्री यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह पर्यटन क्षेत्रमा ५० अर्ब बढीको क्षति भएको अनुमान छः मन्त्री पौडेल बाढीपीडितको सहयोगार्थ कतार सरकारद्वारा राहत सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन काण्डबारे बाबुरामको टिप्पणी: अब पशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्ने छैनन् !



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट मात्र सम्भब नहुने जनाउनु भएको छ ।

पछिल्लो सुन तस्करी प्रकरण बारे सामाजिक संञ्जालमा टिप्पणी लेख्दै नेता भट्टराईले बिमानस्थलको सुरक्षा घेरा नाघेर सय किलो सुन तस्करी हुनु सामान्य घटना नभएको उल्लेख गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

अन्तराष्ट्रिय विमानस्थलबाट त्यतिका जाचबुझका घेरा नाघेर सय किलो ( रू. ८४ करोड ) बराबरको सुन तस्करी हुनु सामान्य घटना हैन। यो पहिलो र अन्तिम पनि हैन ! केही समय यता चर्चामा आएका भ्रष्टाचारका घटनाहरूलाई मात्र जोडेर हेर्ने हो भने पनि देशमा भ्रष्टाचारको स्थिति भयावह देखिन्छ।

वेलावखत उठ्ने र लुक्ने ठूला भ्रष्टाचार प्रकरण त झन् कति भयावह होलान् कल्पना मात्र गर्न सकिन्छ।अतःदुसाध्य बनिसकेको भ्रष्टाचाररूपी क्यान्सरको उपचार कुनै अलौकिक महापुरूषको अवतार वा परम्परागत झारफूकबाट हैन राजनीति र प्रशासन र सुरक्षासंयन्त्र रन्यायालयको एकीकृत र निर्मम शल्यक्रिया र राज्यसंयन्त्रको संरचनात्मक सुधारमा खोज्न ढिलो नगरौं ! नत्र श्रीपशुपतिनाथले पनि हाम्रो रक्षा गर्न सक्नेछैनन् !

 




भर्खरै