• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

प्रेस चौतारीको आरोप: अध्यक्ष बस्नेत बिरुद्ध गृहमन्त्रालयको संयन्त्र परिचालित हुनु सत्ता उन्मादको चरम रुप



काठमाडौंं । प्रेस चौतारी नेपालले अध्यक्ष गणेश बस्नेतबिरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै नेपाल प्रहरीको साईबर ब्यूरोमा साईबर क्राइममा फसाउन भन्दै उजुरी दर्ता गरिएको आरोप लगाएको छ ।

संगठनले आज एक पत्रकार सम्मेलन गर्दै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पासगरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने बिषयमा दिइएको अभिब्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले नै प्रहरीमा उजुरी दिनु आपत्तिजनक काम एवं सत्ता उन्मादको चरम रुप भएको जनाएको छ ।

महासचिव हिरामान लामाले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ ‘सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो संगठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जवर्जस्ती उजुरी दर्ता गराउनुले कतै ‘स्याल कराउनु र बाख्रा हराउनु’ जस्तै भएको त होइन ? भन्ने गम्भीर प्रश्न पनि उठेको छ ।’

विज्ञप्तीको पूर्णपाठ

हाम्रो गौरवशाली संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतबिरुद्ध उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयबाटै नेपाल प्रहरीको साईबर ब्यूरोमा साईबर क्राइममा फसाउन भन्दै उजुरी दर्ता गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल घोर भत्सना गर्दछ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको सबै सुरक्षा जाँच पासगरी ठूलो परिमाणमा भएको सुन तस्करी गृह नेतृत्वसहित उच्च अधिकारीहरुको संलग्नताबिना सम्भव नहुने बिषयमा दिइएको अभिब्यक्तिलाई लिएर गृहमन्त्रीकै सचिवालयका सदस्यले नै प्रहरीमा उजुरी दिनु आपत्तिजनक काम एवं सत्ता उन्मादको चरम रुप हो भन्ने हाम्रो संगठनको ठहर छ ।

गृहमन्त्री श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गराएर हाम्रो संगठनका अध्यक्षलाई प्रहरीले पक्राउ गर्यो भनेर समाचार लेखाउनु र समाचार लेखाएपछि सचिवालयकै सदस्यले प्रहरीमा उजुरी दिनु भनेको गृह मन्त्रालय आफ्नो पक्षबाट कमी कमजोरी भएको र त्यो घटना ढाकछोप गर्न न्वारानदेखिको बल लगाइरहेको प्रष्ट हुन्छ । सार्वजनिक पद धारण गरेका ब्यक्तिले आफूमाथि उठाइएको बिषयमा प्रष्ट पार्नुपर्छ । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको तर्फबाट स्पष्ट जवाफ दिनुको साटो हाम्रो संगठनका अध्यक्षलाई फसाउने षड्यन्त्रसहित प्रहरीमा जवर्जस्ती उजुरी दर्ता गराउनुले कतै ‘स्याल कराउनु र बाख्रा हराउनु’ जस्तै भएको त होइन रु भन्ने गम्भीर प्रश्न पनि उठेको छ ।

हाम्रो संगठनका अध्यक्षले लेख्नुभएको छ, ‘मलाई आएको सूचना यस्तो छ,’गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते ।’ मैले सोधें–कसरी रु जवाफ आयो, खोज्नोस, सत्य यही हो ।’ अव कसरी पत्याउनु रु नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिँड्न सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर ।’ यो भनाईलाई लिएर साइबर क्राइममा उजुरी दर्ता गर्ने कुराले अनेकन प्रश्न उठाएको छ । गृहमन्त्रीको सचिवालयबाट भएको यो कामले कतै गृह मन्त्रालय नेपाली प्रेस र आम नागरिकलाई आतंकित पारेररत्रासमा राखेर निरंकुश एवं अधिनायकवादी शासन चलाउने अभ्याशमा त छैन भन्ने गम्भीर आशंका पैदा गरेको छ ।

प्रेस चौतारी नेपाल निरंकुश शाही शासनको बिरुद्ध डटेर नै यहाँसम्म आइपुगेको हो । जस्तासुकै अधिनायकवादी शासनसत्तासँग नझुकेको हाम्रो संगठन कठिन परिस्थितिमा पनि सत्यको वकालत गर्ने र प्रश्न सोध्ने अधिकार सुरक्षित राख्ने भूमिकामा कहीँकतै चुकेको वा झुकेको छैन, झुक्नेवाला पनि छैन । शासनसत्ताको बागडोर आफ्नै हातमा लिएका तात्कालिन राजाको आतंक र धम्कीसामू नझुकेको प्रेस चौतारी नेपाल र यसको नेतृत्व गृहमन्त्रीको धम्की वा आतंकपूर्ण ब्यवहारबाट किमार्थ डराउनेवाला छैन ।

गृहमन्त्रीको सचिवालयबाट भएको यो काम अत्यन्तै आपत्तिजनक मात्र होइन, नेपालको संबिधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत बिरुद्धमा छ । सत्ता उन्मादमा आएर आफूमाथि कसैले प्रश्न उठाउन नदिने योजनाका साथ चालिएको यो काम तत्काल फिर्ता लिएर माफी माग्न हामी गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छौं ।

साथै नेपाली प्रेसको मुख थुनेर आतंकित पार्दै आफ्नो अधिनायकवादी शासन चलाउने योजनामा तत्काल ब्रेक लगाउन पनि चेतावनी दिन चाहन्छौं । आफूमाथि उठेको प्रश्नको जवाफ दिनुको साटो गृह मन्त्रालय नै गैरकानूनी बाटोमा हिँड्ने यो तहको गैरजिम्मेवारपूर्ण कामप्रति प्रेस चौतारी नेपाल खेद ब्यक्त गर्दछौं । साथै हाम्रो संगठनको अध्यक्षलाई फसाउन रचिएका सबै षडयन्त्रबारे हामी जानकार रहेको सार्वजनिक गर्दै जिस्क्याउने काम भएमा त्यसबाट उत्पन्न हुने परिणामप्रति गृहमन्त्री नै जिम्मेवार हुने चेतावनी पनि दिन चाहन्छौं ।

हिरामान लामा
महासचिव