१९ श्रावण २०८३, मंगलवार
,
Latest
गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य दैलेखको ग्यास खानीले हामीलाई गिज्याइरहेको छः एमाले सांसद राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकार गठनमाथि प्रश्न उठाएपछि उद्धव थापाको आक्रोश– हिक्मतलाई मुख्यमन्त्री मान्नुस्, मलाई पर्दैन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पार्टी नेताले आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा केशव बुढाथोकीले कोशी सरकार गठनमाथि प्रश्न उठाएपछि त्यसको जवाफ दिँदै थापाले यस्तो बताएका हुन् । उनले बुढाथोकीलाई आफूलाई मुख्यमन्त्री नमाने एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री मान्न चुनौती समेत दिए ।

थापाले कांग्रेससहित गठबन्धन दलले मुख्यमन्त्री मानेपछि तपाईँले नमाने नि हुन्छ भन्दै बुढाथोकीमाथि आक्रोश व्यक्त गरे । ‘पार्टी नेता आफ्नो पार्टीको सरकारको बचाउनमा लाग्नुपर्नेमा सभामुख मान्ने कि नमान्ने मुख्यमन्त्री मान्ने कि नमान्ने भन्ने जो उहाँले प्रश्न गर्नुभएको छ’, उनले भने,’तपाईँले हिम्मत कार्कीलाई मुख्यमन्त्री माने हुन्छ। कांग्रेसको गठबन्धन दलले मुख्यमन्त्री मानेको उद्धव थापालाई तपाईँले मुख्यमन्त्री नमाने हुन्छ।’