२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सोविता गौतमलाई विश्वप्रसिद्ध युवा अवार्ड



अ+ अ-

काठमाडौँ। सांसद सोविता गौतमले विश्वको प्रतिष्ठित पोलिटिसियन अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । बेलायतको संस्था वान योङ वर्ल्डद्वारा दिइने विश्वप्रसिद्ध सो अवार्ड जित्ने उनी पहिलो नेपाली हुन्।

सो अवार्डको आयोजक बेलायती संस्थाले आज विजेतको घोषणा उसको आधिकारिक वेभसाइटमार्फत गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद गौतमले विश्वका धेरै मुलुकका युवा राजनीतिकर्मीहरुलाई पछि पार्दै सो अवार्ड जितेकी हुन्।

आआफ्नो देश र समुदायको हितमा अतुलनीय काम गरेको प्रमाणका आधारमा १८ वर्षदेखि ३५ वर्षभित्रका युवा नेता नेत्रीहरुबीच को सो प्रतिस्पर्धा सांसद गौतम सर्वोत्कृष्ट ठहरिएकी हुन् ।

संस्थाद्वारा जारी सूचनामा भ्रष्टाचार नियन्त्रणका लागि असरदार आवाज उठाएको, जनता र समुदायका पक्षमा प्रभावकारी काम गरेको र उनका कामले विश्वका अन्य मुलुकहरुका युवा नेतृत्वलाई समेत सन्देश दिन सफल भएको आधारमा गौतमलाई विजेताको छनौट गरिएको जानकारी दिइएको छ।

संस्थाले प्रत्येक वर्ष विश्वका योग्य युवा राजनीतिकर्मीलाई प्रतिस्पर्धामा सामेल गराई संसार प्रसिद्ध विभिन्न विज्ञहरुलाई निर्णायक राखेर सो अवार्डको विजेता छनोट गर्दै आएको छ ।

निर्णायकमा रहेका विज्ञहरुमा मानवअधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा वकालत गर्ने जाम्बियाकी विज्ञ, राजनीति विज्ञ तथा कोष्टारिकाकी पहिलो महिला राष्ट्रपति, कानूनविद् एवं अन्तर्राष्टिय फौजदारी अदालत हेगका एक न्यायाधीश र अमेरिकाको कोलम्बिया युनिभर्सिटीका प्रध्यापक रहेका थिए।

सांसद गौतमसहतिलाई सो अवार्डबाट सम्मानति गर्न आयोजक संस्थाले आगामी अक्टोबर २ २ देखि ५ तारिखका बीचमा एउटा भव्य समारोह बेलायतमा आयोजना गर्ने भएको छ।