१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

केन्द्रीय समितिमा बहादुरसिंहको प्रश्न– नेतालाई बिफल बनाएर आफू कसरी सफल भइन्छ ?

केन्द्रीय समितिमा बहादुरसिंहको प्रश्न– नेतालाई बिफल बनाएर आफू कसरी सफल भइन्छ ?
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामाले नेपाली कांग्रेसमा नेतालाई खुइल्याएर आफू बन्न खोज्ने प्रवृत्ति हावी भएको भन्दै त्यस्तो प्रवृत्ति नत्याग्दासम्म पार्टी नबन्ने धारणा राख्नुभएको छ ।

उहाँले काठमाडौँमा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना कुरा राख्दै भन्नुभयो– पार्टीमा आफ्ना नेतालाई खुइल्याएर आफू बन्न खोज्ने प्रवृत्ति बढेको देखिएको छ, यसले केही व्यक्तिलाई त फाइदा पुग्ला, केही व्यक्तिको आफ्नो मिडिया बजार त तात्ला तर पनि पार्टी भने बलियो हुदैन ।

उहाँले नेपाली कांग्रेमा अहिले नेतालाई बिफल बनाएर र उनीहरुलाई खुइल्याएर आफूमात्र सफल हुन खोज्ने प्रवृत्ति हावी भएको देखिएकाले यसले कुनै व्यक्ति बलियो भए पनि कुनै नेता सफल भए पनि पार्टी भने कमजोर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो– कांग्रेसमा पहिला नेतालाई हामीले नै मानिसकेपछि र नेतालाई नै छानिसकेपछि उहाँलाई बलियो बनाएपछि मात्र पार्टी बलियो हुन्छ तर नेतालाई गाली गरेर र नेतालाई कमजोर बनाएर पार्टी बलियो बन्दैन ।

उहाँको कटाक्ष पार्टी सभापति शेरबहादुर देउवाको विरोध गर्दै हिँड्ने पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकासप्रति थियो । उहाँले भन्नुभयो– कांग्रसको विधि र विधान अनुसार नेतालाई बलियो बनाउने तिर सबै लाग्नुपर्छ ।

उहाँले कुलो त जता खनेपनि जान्छ तर त्यो कुलोमा पानी जान्छ कि जाँदैन भनेर विचार गर्नुपर्ने पनि बताउनुभयो । कुलो लगेर मात्र भएन त्यसमा पानी जान्छ कि जाँदैन भनेर सबैले सोच्नुपर्छ नत्र कुलो खनेर लागत र मेहनत किन खेर फाल्नु रु उहाँको प्रश्न थियो ।

पार्टीमा यतिखेर युवा बर्गलाई आकर्षित गर्नुपर्ने आवश्यकता रहेकोतर्फ सबैले सोच्नुपर्ने उहाँको सुझाव थियो । पार्टीमा पनि युवालाई जिम्मेवारी र अवसर दिँदा आफ्नो खल्तीबाट झिकेर दिने चलन गर्नुहुदैन भन्नुभयो । उहाँले पार्टीमा आफूप्रति बफादार हुने व्यक्तिलाई मात्र अवसर दिनु हुदैन भन्ने कुरा जहिले पनि नेतृत्व बर्गले सोच्नुपर्छ भन्नुभयो ।

नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेता तथा अर्थमन्त्री समेत रहेका लामाले गठबन्धन बनाएर सरकारमा सहभागी हुदादेखि लिएर आजका मितिसम्म कांग्रेसको संगठन कस्तो भएको छ र यो पार्टीलाई राम्रो नराम्रो के कस्तो भएको छ भन्ने विषयमा सबैले आम विचारमा सोच्नुपर्ने र निष्कर्ष निकाल्नुपर्नेमा व्यक्तिहरु आ आफै बोल्दै हिँड्ने र आफू मात्र सफल हुन खोज्ने जस्तो देखिएको बताउनुभयो ।

बोलेको कुरा कार्यान्वयनमा ल्याउन पनि कांग्रेसका नेताहरूलाई उहाँले आग्रह गर्नुभयो । उहाँले बिपी कोइरालाको उदाहरण दिँदै भन्नुभएको थियो– बिपीले दश टन बोल्ने तर कार्यान्वयन भने एक तोला बराबरको पनि नगर्ने प्रवृत्ति पार्टीका लागि राम्रो नभएको भन्नुभएको थियो, त्यसैले हामीले पनि बरु थोरै बोलौँ, तर बोलेको कुरा कार्यान्वयनमा ल्याउँ, नत्र जनताले हामीलाई ढाँट सावित गर्नेछन् ।

उहाँले पार्टीको संगठनलाई बलियो बनाउन अब गाउँ गाउँमा पुग्नुपर्ने बताउनुभयो । यसका लागि पार्टीमा आवश्यक छलफल र एकता आवश्यक रहेको पनि उहाँको सुझाव थियो । अब धेरै अर्काको आलोचना मात्र गरेर र आफू भए सबै ठिक र आफू नभए सबै गलत भन्ने मानसिकता राखेर तथा एकले अर्कालाई तेजोबध गर्नेतर्फ जाने हो भने यसले पार्टीलाई कहिल्यै बलियो नबनाउने उहाँको भनाई थियो ।

https://www.facebook.com/newspolar/videos/218707257806315