• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ ★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत

अठार अर्ब नाफामा आयल निगम



काठमाडौँ । नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा १८ अर्ब रुपैँयानाफा कमाएको छ । निगमले दुई वर्षपछि पेट्रोलियम पदार्थको व्यापार गरेर एकै वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपैँया नाफा कमाएको हो ।

रुस–युक्रेन युद्धका कारण अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले आव २०७९/८० मा १८ अर्ब नाफा कमाएको हो ।

युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा घाटामा गएको थियो । रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो ।

आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपैँया घाटा बेहोरेको निगमले जनाएको छ। त्यस्तै आव २०७७/७८ मा पनि ५९ करोड घाटामा थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपैँया नाफा कमाउन सफल भएको जानकारी दिए ।

“रुस–युक्रेन युद्धका कारण महँगोमा इन्धन खरिद गरेर सस्तोमा बिक्री गर्दा दुई वर्षदेखि लगातर निगम घाटामा गएको थियो,” साहले भने “आव २०७९/८० को भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले इन्डियल आयल कर्पोरेसन (आइओस) को ३१ अर्ब ऋण तिरेर नाफा कमाउन सफल भएका छौँ ।”

मूल्य स्थिरीकरण कोषमा राख्नुपर्ने साढे तीन अर्ब र भ्याटबापतको साढे तीन अर्ब रुपैँयासमेत आइओसीलाई तिरेको निगमले जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कबाट जग्गा धितो राखेर लिएको साढे तीन अर्ब रुपैँया समेत तिरिसकेको निगमले जनाएको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ।