१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

रविको प्रश्न: राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधिमा माफी किन ?

रविको प्रश्न: राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधिमा माफी किन ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने व्यवस्था अस्वीकार्य हुने बताउनु भएको छ ।

सामाजिक संञ्जालमा सभापति लामिछानेले लेख्नुभएको छ राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा बिचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने होरु स्पष्ट हुनु पर्छ कि पर्दैन ?

उहाँले लेख्नुभएको छ –

रास्वपाले संसद किन घेराउ गर्यो ? होला संसदीय अभ्यासमा नयाँ छौ, प्रक्रियामा कमजोरी देखिएलान् । तर केही नेपाल ऐन लाई संशोधन गर्न बनेको विधेयक, ८० को दफा ६४ ले के भन्दैछ, पठ्नुस् त !! यस्तो गंभिर विषयलाई विषयान्तर गर्न खोजेर अरु नै विवाद तिर जवर्जस्ती मोड्न खोजेको कयौंले बुझ्नै भ्याउनु भएको छैन

कयौंले जाना जान बुझ पचाउनु भएको छ। हामीले के बोल्यौं त्यो अझै सुरक्षित छ।त्यसमा बहस अझै गरौला तर यो संशोधनलाई ध्यान दिएर हेर्नुस् त। राजनीतिको मुलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुन सुकै तहको अदालतमा बिचाराधिन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन कुन दल र त्यस दलका नेता कार्यकर्ताहरुलाई स्विकार्य हुने हो? स्पष्ट हुनु पर्छ कि पर्दैन? रगत उम्लिने गरि रास्वपा र हाम्रा नेतालाई गाली गर्नु हुने देश भक्त साथीहरु तथा विज्ञप्ति, मिडिया इन्टरव्यु र आर्टिकलहरु ठेलिरहनु भएका विज्ञज्युहरु, छातिमा हात राखेर भन्नुहोस्, यति बेला वहस के मा हुनु पर्थ्यो ? गम्भीर विषयबाट तपाईंको ध्यान किन मोड्न खोजिदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस !!! यो विधेयक विरुद्ध हामी सदनमा उभियौ तर त्यसदिन सदन पुरै रोकेको भए हामीलाई आरोप लाग्थ्यो कि हाम्रा कारण मिटर ब्याज सम्बन्धि विधेयक रोकियो, जुन सोही दिनको कार्यसुचीमा थियो। विधेयक माथी छलफल त बाँकी छ थाहा छ तर हामी यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहन्थ्यौं।

समाचारहरु त बने रास्वपा झुक्कियो, झुक्क्कियौ होला। तर भन्नुस्,नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कस्लाई के का लागि झुक्याउने खेल हुदैछ। खोइ यथेष्ट समाचार, खोइ बहस, खोइ बिज्ञप्ति, खोइ अन्तरवार्ता ?? यी तमाम प्रश्नको उत्तर पाए पछि रास्वपा लाई मजाले गाली गर्नु होला, रगत उम्लिने गरि। हैट!!