• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु ★   भरतपुर महानगरपालिकाद्वारा सन्दीप लामिछानेलाई सम्मान ★   पोखरा महानगरपालिकामा अख्तियारको छापा ★   एमाले सचिवालय बैठक जारी – फोटोफिचर ★   उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो

वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर गरौँ– महामन्त्री थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी केन्द्रीय समितिको बैठक वर्षमा दुई पटक उपत्यकाबाहिर गर्न प्रस्ताव गर्नुभएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा उहाँले आगामी छ वटा बैठकको मितिसमेत प्रस्ताव गर्नुभएको छ । पार्टी विधानबमोजिम हरेक दुई महिनामा एउटा केन्द्रीय समितिको बैठक बस्नुपर्नेछ । यद्यपि एक वर्षपछि मात्र मंगलबार केन्द्रीय समितिको बैठक बसेको हो ।

महामन्त्री थापाले आगामी एक वर्षका लागि बस्ने बैठकको मिति नै प्रस्ताव गर्नुभएको छ । उहाँले हेरक दुई/दुई महिनामा बैठक गर्ने भन्दै असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बैठक राख्ने प्रस्ताव गर्नुभएको हो । वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर गर्ने प्रस्ताव छ उहाँले राख्नुभएको छ ।